२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अर्घाखाँची शितगंगा ९ का २ विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडाहरु वितरण,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, माघ १०, २०८२

दाङ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ मा अवस्थित जनता आधारभुत विद्यालय नयाँबस्ती स्थित कक्षा ५ मा अध्ययनरत हिमाली सुनारको अनुहारमा व्यग्लै हर्ष छाएको थियो । सायद उनले विद्यालय जीवनमा पहिलो पटक न्यानो कपडा (विद्यालय ट्राक्सुट) पाएकी थिइन ।सुनार मात्र होइन त्यस विद्यालयमा अध्ययनरत ३६ जना विद्यार्थीहरु तथा वडा नं. ८ मा अवस्थित बालज्योती आधारभुत विद्यालय तिनखण्डेमा अध्ययनरत १८ जना विद्यार्थीहरुमा खुसी छाएको थियो । रोटरी क्लव अफ राप्तीले विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेपछिको खुसी थियो ।

क्लवले बिहिवार अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ मा अवस्थित श्री बालज्योती आधारभुत विद्यालय तिनखण्डे र वडा नं. ९ मा अवस्थित जनता आधारभुत विद्यालय नयाँवस्तीमा अध्ययनरत २ विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण गरेको छ ।

क्लवका अध्यक्ष गोपाल आचार्यको अध्यक्षता तथा श्री बालज्योती आधारभुत विद्यालयमा वडा नं. ८ का वडा अध्यक्ष रुकेश आले मगरकोे प्रमुख आतिथ्यता तथा मा जनता आधारभुत विद्यालयमा वडा न. ९ का वडा अध्यक्ष भिम केसीको प्रमुख आतिथ्यतामा न्यानो कपडा हस्तान्तरण गरिएको छ ।

वडा नं. ८ का वडा अध्यक्ष रुकेश आले मगरले यस विद्यालयमा सहयोग गरेकोमा रोटरी क्लव अफ राप्तीलाई विशेष धन्यवाद दिदै आगामी वर्षमा पनि यसरी नै सहयोगकको अपेक्षा रहेको बताए ।

त्यसैगरी वडा नं. ९ का वडा अध्यक्ष भिम केसीले विद्यार्थीहरुका लागि न्यानो कपडा प्रदान गरेकोमा धन्यवाद दिदै विद्यार्थीहरुको पढाईमा थप टेवा पुग्ने बताए । ‘विभिन्न संचार माध्यमबाट क्लवले गरेका सामाजिक कार्य हेर्दै र सुन्दै आएको थिए’ अध्यक्ष केसीले भने ‘पहिलो पटक छिमेकी जिल्लामा रोटरी क्लव राप्तीले सहयोग गरेकोमा धन्वाद ।’

त्यसैगरी क्लवका अध्यक्ष गोपाल आचार्यले रोटरी वर्ष २०२५/०२६ को वार्षिक कार्ययोजना अनुसार विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरिएको बताए । उनले भने ‘उक्त विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न रहेका हुदा यस वर्ष अर्घाखाँचीका २ विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेका छौं ।’

न्यानो कपडा वितरणमा क्लवका कोषाध्यक्ष दुर्गा बहादुर बस्नेत, टिआर एफ चेयर सित्तल रिजालले सहयोग प्रदान गरेका थिए ।

उक्त न्यानो कपडा वितरण कार्यक्रममा क्लवका अध्यक्ष गोपाल आचार्यसहित संस्थापक अध्यक्ष बासुदेव न्यौपाने, निवर्तमान अध्यक्ष तपराज आचार्य, निर्वाचित अध्यक्ष बसन्द गिरी, क्लव व्यवस्थापक पिताम्बर रोकाय, सदस्यहरु जगत प्रसाद पोख्रेल, पुजा खनाल, बिष्णु प्रसाद चौधरी, चेतन सारु उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजिकरण रोटरी क्लव आफ राप्तीका सचिव दोर्णप्रसाद आचार्यले गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]