२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीमा निरीक्षक देखि DIG सम्मको बढुवा हुँदै कोको छन त लाईनमा

Logo
प्रकाशित शनिबार, माघ ११, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं माघ ११ नेपाल प्रहरीमा प्रहरी निरीक्षकदेखी डिआईजीसम्मको बढुवा हुने भएको छ ।
गृहमन्त्री रामबहादुर थापाले प्रहरीमा रोकिएको बढुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरी मुख्यालयले बढुवा प्रक्रिया अघि बढाएको हो । गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकास पाउने दिन नजिकै आउनै लाग्दा प्रहरीमा बढुवा प्रक्रिया अघि बढाउने तयारी भएको हो ।
हाल गृह सचिव राई थाइल्याण्ड भ्रमणबाट फर्के लगत्तै बढुवा प्रकृयाले गति लिन थालेको छ । राई र खनालले आफू निकटकालाई मात्र बढुवा गर्न सक्ने भन्दै तत्काल बढुवा गर्न हुंदैन भन्ने समूह भने बढुवा रोक्न लविङ्गमा छ । डिआईजीको एक पद रिक्त भएपछि त्यसमा बढुवाको लागी एसएसपीहरु दौडमा छन् ।
सिनियर ब्याचबाट घनश्याम अर्याल, गणेश ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वर बाबु कार्की, दिलिप कुमार चौधरी र राजेश लाल कर्ण छन् । त्यस्तै जुनियर ब्याचबाट धिरज प्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामा, दिवेश लोहनी, शौरभ राणा, रबिन्द्र धानुक लगायत प्रतिस्पर्धामा छन् ।
जुनियर ब्याचका विश्वराज पोखरेल डिआईजीमा बढुवा भइसकेका छन् । आगामी माघ २९ बाट २१ डिआईजीको पद रिक्त हुनेछ । हाल १० एसएसपी र १७ जना एसपीको दरबन्दी खाली छ । बढुवाका लागी प्रहरी निरीक्षक, डीएसपी, एसपी र एसएसपी दौडधुपमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]