२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

नेपाल प्रहरीमा निरीक्षक देखि DIG सम्मको बढुवा हुँदै कोको छन त लाईनमा

Logo
प्रकाशित शनिबार, माघ ११, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं माघ ११ नेपाल प्रहरीमा प्रहरी निरीक्षकदेखी डिआईजीसम्मको बढुवा हुने भएको छ ।
गृहमन्त्री रामबहादुर थापाले प्रहरीमा रोकिएको बढुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरी मुख्यालयले बढुवा प्रक्रिया अघि बढाएको हो । गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकास पाउने दिन नजिकै आउनै लाग्दा प्रहरीमा बढुवा प्रक्रिया अघि बढाउने तयारी भएको हो ।
हाल गृह सचिव राई थाइल्याण्ड भ्रमणबाट फर्के लगत्तै बढुवा प्रकृयाले गति लिन थालेको छ । राई र खनालले आफू निकटकालाई मात्र बढुवा गर्न सक्ने भन्दै तत्काल बढुवा गर्न हुंदैन भन्ने समूह भने बढुवा रोक्न लविङ्गमा छ । डिआईजीको एक पद रिक्त भएपछि त्यसमा बढुवाको लागी एसएसपीहरु दौडमा छन् ।
सिनियर ब्याचबाट घनश्याम अर्याल, गणेश ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वर बाबु कार्की, दिलिप कुमार चौधरी र राजेश लाल कर्ण छन् । त्यस्तै जुनियर ब्याचबाट धिरज प्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामा, दिवेश लोहनी, शौरभ राणा, रबिन्द्र धानुक लगायत प्रतिस्पर्धामा छन् ।
जुनियर ब्याचका विश्वराज पोखरेल डिआईजीमा बढुवा भइसकेका छन् । आगामी माघ २९ बाट २१ डिआईजीको पद रिक्त हुनेछ । हाल १० एसएसपी र १७ जना एसपीको दरबन्दी खाली छ । बढुवाका लागी प्रहरी निरीक्षक, डीएसपी, एसपी र एसएसपी दौडधुपमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]