२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ढाडको दुखाइ र पीडा कम गर्ने उपाएहरु,

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ १७, २०८२

 

काठमाडौं । म २१ वर्षीया विवाहित महिला हुँ । हाल मेरो गर्भमा ४ महिनाको शिशु छ । आजभोलि मेरो ढाड दुख्न थालेको छ । यो नराम्रो त होइन नि ? यस्तो अवस्थामा पीडा कम गर्न औषधि सेवन गर्नुपर्ने हुन्छ कि हुँदैन ?

सामान्यत: गर्भ रहेको दोस्रो तीन महिना सुरक्षित एवं राम्रो अवस्था हो । यो अवस्थामा खानामा पनि रुचि बढ्छ । कसै–कसैलाई भने ढाड दुख्ने समस्याले पिरोल्न सक्छ । पाठेघर ठूलो भएर ढाडको मांसपेशी तन्किएका कारण यस्तो भएको हो ।

यस्तो अवस्थामा पीडा कम गर्ने औषधि सेवन गर्नु राम्रो होइन, बरु ढाड दुख्ने अन्य कारणहरू खोज्नुपर्छ ।

कुनै–कुनै बेला पिसाबको संक्रमणले पनि ढाड तथा पेटमा पीडा हुन सक्छ । तातो रबर ब्यागले सेक्दा तथा आराम गर्दा पीडा कम हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्ने हुन्छ । तत्काल पीडा कम गर्न ढाडमा मल्हम लगाउन सकिन्छ ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ,

मोरङ सहकारी अस्पताल
#Saptahik

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]