२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

यौनचाहना बढाउन के गर्नु पर्छ जिज्ञासा्

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ १९, २०८२

 

काठमाडौं । म विवाहित ३० वर्षे युवक हुँ । मेरो पाँच वर्षको एउटा छोरा पनि छ । मलाई यौनचाहना हुँदैन । यौनइच्छाले यौनसम्पर्क गर्दा पनि शीघ्र स्खलन हुन्छ । श्रीमतीलाई यौनसन्तुष्टि दिन नसकेजस्तो लाग्छ । श्रीमती अर्कै पुरुषतिर लाग्ने हुन् कि भन्ने डर पनि हुन्छ । मैले के गर्दा उचित होला ?

– बी.

यौनचाहना नै नहुने कुरा

यौनचाहना सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन् । एक त अन्त:श्रावी गन्थ्रिको प्रणाली इन्डोक्राइन सिस्टमअन्तर्गतका रागरसहरूले सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणाली । यसमा मस्तिष्कको विशेष भूमिका हुन्छ, किनकि अनेक यौन सन्देशलाई यस मस्तिष्कले नै अर्थ लगाउने गर्छ । हाम्रा यौनसम्बन्धी विचार, भावना, स्मरण अनि यौन परिकल्पनाको स्रोत पनि मस्तिष्क नै हो ।

सामान्यतया सबैमा धेरथोर यौनचाहना हुन्छ नै । कसैमा कम तथा कसैमा बढी । फेरि एकै व्यक्तिमा समय र परिस्थितिअनुसार फरक हुन्छ । कम हुनुलाई नभएको ठान्ने गरिन्छ, जुन सही होइन । यसैगरी कतिपयलाई यौनसम्पर्क राख्न मन नलाग्ने स्थिति हुन सक्छ, अर्थात् कम यौन इच्छा (Hypoactive Sexual Desire) को स्थिति हुन सक्छ । यस्तो स्थितिमा यौनसम्पर्क राख्ने चाहना, यौन परिकल्पना तथा र वा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम भएको अवस्थालाई जनाउँछ, तर यदि दुवै जना यसमा सन्तुष्ट छन् भने महिनामा एकपल्ट मात्र यौनसम्पर्क राख्ने जोडीलाई यस समस्याबाट पीडित व्यक्ति भनिहाल्न मिल्दैन । त्यसैले कतिपय यौन विशेषज्ञले यौन इच्छा कम भएको भनेर त्यसबेलासम्म भन्दैनन् जबसम्म यी कुराले सो जोडीलाई यसका कारणले समस्या पारेको हुँदैन वा व्यवहारमा कुनै खास परिवर्तन देखिएका हुँदैनन् ।

श्रीमती अर्कातिर लाग्ने भय

तपाईंले यौनसन्तुष्टि नपाएका कारणले तपाईंको सम्बन्धमा नै केही समस्या आएको वा नभएको बारे केही नलेख्नुभए पनि तपाईंलाई पक्कै थाहा होला । यहाँ तपाईंले मनको भय मात्रै हो कि वास्तवमै केही समस्या भएको हो, छुट्टयाउन आवश्यक हुन्छ ।

यो पक्कै हो कि सुखमय यौनसम्पर्क वैवाहिक सम्बन्धको आधार हो, तर यसमा केही कमी भयो भन्दैमा श्रीमती अर्कातिर लागिहाल्लिन् भन्ठान्नुपर्ने कारण देख्दिनँ । अति नै कम यौनसम्पर्क भएका बेला मात्रै होइन, अशक्त जीवनसाथी भएको स्थितिमा पनि दाम्पत्य जीवनमा समर्पित नै रहेका अनेक उदाहरण समाजमा छन् । तपाईंको शंका वा भयको आधारलाई राम्ररी केलाउनुहोस् । निराधार रूपमा शंका गर्न लागिएमा यही शंकाले लंका जलाउँछ ।

पुरुषहरूमा यौनको सन्दर्भमा हुने भयहरूमध्ये श्रीमती वा यौनजोडीलाई यौनसन्तुष्टि दिन सक्दिनँ कि भन्ने एक प्रमुख हो । यस्तो भय भए पनि उसले राम्रो गर्नुपर्ने चिन्ताले सताउन थाल्छ । शीघ्र स्खलन होस् वा लिङ्ग उत्तेजना चाहेअनुसार नहुने समस्याले सताउँदा चिन्ता झनै बढ्छ । यसका साथै धेरै चिन्ता गर्ने स्थिति आउँदा कार्यसम्पादनको चिन्ता (Performance Anxiety) ले सताउन थालेपछि समस्या झनै चर्कन्छ ।

मलाई लाग्छ, तपाईंको समस्या समाधानका लागि यो भयबाट मुक्ति पाउन तपाईंले प्रयास गर्नुपर्छ । यसका लागि तपाईंले आफ्नो मन बलियो बनाउनुपर्छ । आवश्यक परेमा मनोपरामर्शदाता वा मनोचिकित्सकको सहयोग पनि लिनुपर्ने हुन सक्छ ।

श्रीमतीलाई कसरी यौनसुख दिने ?

हामीले यसबारे धेरैपल्ट चर्चा गरिसकेका छौं । मानव यौन प्रतिक्रिया चक्रका बारेमा त तपाईंलाई जानकारी होला नै । यौन उत्तेजनालाई निरन्तरता दिन सकिए व्यक्ति यौन चरमसुखको चरणसम्म पुग्छ । विचार गर्नुपर्ने कुरा यौन चरमसुख व्यक्ति आफैंले प्राप्त गर्ने हो, अर्को व्यक्तिले त सहयोग मात्र गर्न सक्छन् । त्यसैले यौन उत्तेजनालाई निरन्तरता दिन अर्को व्यक्तिको यौन संवेदनशील अङ्गबारे जान्नुपर्छ ।

तपाईंलाई थाहै होला, महिलाको सन्दर्भमा सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगांकुर’ बाहिरतिरै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । योनि अर्को महत्त्वपूर्ण अङ्ग हो । यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सक्छन् । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भएमा यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्दत पनि गर्छ । साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यो हुनैपर्छ भन्ने पनि छैन ।

साथसाथै पाइएन भने पीर गर्नुपर्ने आवश्यता छैन, पालोपालो गरेर यौन चरमसुख प्राप्त गरे पनि हुन्छ । साथसाथै पाउँदा वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात् ‘सम+भोग’, जसको अर्थ दुवै जना यौनसाथी (श्रीमान्–श्रीमती) ले समान रूपमा यस सुखलाई भोग गर्न पाउने कुरा भयो । यौनसम्पर्क गर्दा लिङ्ग प्रवेश गराएर सुरु गरिने मानसिकताबाट बाहिर निस्कनुपर्छ । महिलाले पर्याप्त रूपमा पाक्क्रीडामा संलग्न हुने समय पाउनुपर्छ । विशेष गरेर यौनसम्पर्क गर्दा पुरुष माथितिर र महिला तलतिर रहने आसनमा यौनसम्पर्क गर्दा महिलाको योनिमा घर्षण हुने भए पनि भगांकुरमा घर्षण हुँदैन भन्ने बुझ्नुपर्छ ।

श्रीमती अर्कातिर लाग्लिन् भन्ने सोच दिमागबाट निकालेर कसरी यौनसुख दिने र लिने भन्नेतिर ध्यान दिनुभयो भने पक्कै पनि सुखमय यौन जीवनयापन गर्न सक्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
#Saptahik

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]