२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

महोत्सवममा परपुरुषसँग नाचेकी महिलालाई सम्मान,श्रीमानले भेटेपछि गरेका थिए पिटाइ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ २३, २०८२

बुटवल । स्याङ्जाको नवौँ वालिङ महोत्सव चलिरहेको समयमा एक महिलाले आफ्ना श्रीमान्लाई छोडेर अर्का पुरुषसँग अँगालो हाल्दै नाचेको दृश्य सार्वजनिक भएको थियो। म’दिरा सेवनको अवस्थामा रहेकी ती महिलालाई महोत्सव स्थलमै उनका श्रीमान्ले हात’पात गरेका थिए। उक्त घट’नापछि सम्बन्धित भिडियो TikTok र Facebook लगायत सामाजिक सञ्जालमा छिट्टै भाइरल भयो, जसले व्यापक चर्चा पायो।

 

भिडियोमा श्रीमान्ले पर’पुरुषसँग नाचेको भेटेपछि महोत्सव स्थलमै कु’टपिट गरेको देखिन्छ। घ’टना भाइरल भएसँगै महोत्सवको चर्चा झन् बढेको भन्दै वालिङ महोत्सव आयोजक समितिले पी’डित महिलालाई सहयोग स्वरूप सम्मान गरेको जनाएको छ। आयोजकका अनुसार सामाजिक सञ्जालमा फैलिएको उक्त घटनाले महोत्सवप्रति जनचासो बढाएकाले मानवीय पक्षलाई ध्यानमा राख्दै सम्मान गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]