०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

विश्वसामु शिर उच्च पार्न भुतपुर्व सैनिकहरुको ठुलो बलिदान छ प्रधानसेनापती:थापा

Logo
प्रकाशित आइतबार, माघ १२, २०७६

(सागर थापा)
दाङ माघ १२ नेपाली सेनाले दाङको घोराहीमा भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नेपाली सेना मध्यपश्चिम पितना बुटवलको आयोजनामा दाङको घोराहीमा रहेको रिपु मर्दन गण भरतपुरमा भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर आइतवार गरेको हो ।
सेना सम्मेलन तथा स्वास्थ्य शिविरमा दाङ, रोल्पा, प्युठान, पूर्वी रुकुम, पश्चिम रुकुम र सल्यान जिल्लाका अवकास प्राप्त सैनिकहरुको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागी अवकास प्राप्त सेनाहरुको स्वास्थ्य परिक्षणसँगै अपांग भूतपूर्व सैनिक तथा उनका अपांगता भएका सन्तानहरुलाई ह्वीलचियर समेत वितरण गरिएको थियो ।
भूतपूर्व सैनिक सम्मेलनलाई सम्वोधन गर्दै नेपाली सेनाका महारथी पूर्णचन्द थापाले नेपाली सेनाको विश्वसामु शिर उच्चो बनाउनका लागि भूतपूर्व सैनिकहरुको ठुलो त्याग, बलिदान र सम्र्पण रहेको बताउनुभयो । नेपालको राष्ट्रिय एकता, अखण्तालाई बचाउँदै शान्ति स्थापनाका लागि नेपाली सेनाले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
नेपाली सेनाको शिरलाई उचो बनाउँदै भूतपूर्व सैनिकहरुको योगदानको सम्मानका लागि सेनाले विभिन्न कार्यक्रमहरु ल्याएको बताउनुभयो । त्यस्तै महारथी थापाले नेपाली सेनाले आगामी दिनमा गर्न थालेका विभिन्न योजनाहरुको बारेमा समेत जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष दिगम्वर शम्शेर जवराले देशको राष्ट्रिय र अखण्डतालाई बचाउँदै नेपाललगायत विश्व समुदायमा शान्ति स्थापना गर्न भूतपूर्व सैनिकहरुले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । भूतपूर्व सैनिक सम्मेलनमा नेपाल सेनाका महारथी पूर्णचन्द्र थापाले अपांगता भएका भूतपूर्व नेपाली सेनाका जवान तथा उनका सन्तानहरुलाई ह्वीलचियर, बैशाखी वितरण गर्नुयभो ।
त्यस्तै कार्यक्रममा भूतपूर्व सैनिकहरुलाई उद्यमशिलतामा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाको लघुविद्य कर्जा कार्यक्रम अन्तर्गत विभिन्न अवकार प्राप्त नेपाली सेना तथा उनको परिवारलाई तीन लाख रुपैयाँ सहयोगको चेक हन्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नेपाली सेनासँगै राष्ट्रिय सेवा दलका विद्यार्थीहरुले नारु नृत्य, सरायो नाच, लाखे नाच, भुमे नाच, साँकेला नाच र टप्पा नाचसँगै सेनाले खुकुरी, तेक्वान्दो र पिटीलगायत प्रस्तुत गरिएको श्री रिपुमर्दन गणका गणपति कर्णेल सुमन थापा मगरले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!