२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

विश्वसामु शिर उच्च पार्न भुतपुर्व सैनिकहरुको ठुलो बलिदान छ प्रधानसेनापती:थापा

Logo
प्रकाशित आइतबार, माघ १२, २०७६

(सागर थापा)
दाङ माघ १२ नेपाली सेनाले दाङको घोराहीमा भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नेपाली सेना मध्यपश्चिम पितना बुटवलको आयोजनामा दाङको घोराहीमा रहेको रिपु मर्दन गण भरतपुरमा भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर आइतवार गरेको हो ।
सेना सम्मेलन तथा स्वास्थ्य शिविरमा दाङ, रोल्पा, प्युठान, पूर्वी रुकुम, पश्चिम रुकुम र सल्यान जिल्लाका अवकास प्राप्त सैनिकहरुको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागी अवकास प्राप्त सेनाहरुको स्वास्थ्य परिक्षणसँगै अपांग भूतपूर्व सैनिक तथा उनका अपांगता भएका सन्तानहरुलाई ह्वीलचियर समेत वितरण गरिएको थियो ।
भूतपूर्व सैनिक सम्मेलनलाई सम्वोधन गर्दै नेपाली सेनाका महारथी पूर्णचन्द थापाले नेपाली सेनाको विश्वसामु शिर उच्चो बनाउनका लागि भूतपूर्व सैनिकहरुको ठुलो त्याग, बलिदान र सम्र्पण रहेको बताउनुभयो । नेपालको राष्ट्रिय एकता, अखण्तालाई बचाउँदै शान्ति स्थापनाका लागि नेपाली सेनाले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
नेपाली सेनाको शिरलाई उचो बनाउँदै भूतपूर्व सैनिकहरुको योगदानको सम्मानका लागि सेनाले विभिन्न कार्यक्रमहरु ल्याएको बताउनुभयो । त्यस्तै महारथी थापाले नेपाली सेनाले आगामी दिनमा गर्न थालेका विभिन्न योजनाहरुको बारेमा समेत जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष दिगम्वर शम्शेर जवराले देशको राष्ट्रिय र अखण्डतालाई बचाउँदै नेपाललगायत विश्व समुदायमा शान्ति स्थापना गर्न भूतपूर्व सैनिकहरुले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । भूतपूर्व सैनिक सम्मेलनमा नेपाल सेनाका महारथी पूर्णचन्द्र थापाले अपांगता भएका भूतपूर्व नेपाली सेनाका जवान तथा उनका सन्तानहरुलाई ह्वीलचियर, बैशाखी वितरण गर्नुयभो ।
त्यस्तै कार्यक्रममा भूतपूर्व सैनिकहरुलाई उद्यमशिलतामा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाको लघुविद्य कर्जा कार्यक्रम अन्तर्गत विभिन्न अवकार प्राप्त नेपाली सेना तथा उनको परिवारलाई तीन लाख रुपैयाँ सहयोगको चेक हन्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नेपाली सेनासँगै राष्ट्रिय सेवा दलका विद्यार्थीहरुले नारु नृत्य, सरायो नाच, लाखे नाच, भुमे नाच, साँकेला नाच र टप्पा नाचसँगै सेनाले खुकुरी, तेक्वान्दो र पिटीलगायत प्रस्तुत गरिएको श्री रिपुमर्दन गणका गणपति कर्णेल सुमन थापा मगरले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]