०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

१९ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

Logo
प्रकाशित आइतबार, माघ १२, २०७६

भावना हमाल
माघ १२, दैलेख । १९ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपालको दैलेखस्थित गुल्मले विभिन्न स्थानमा सरसफाई कार्यक्रम गरेको छ । सरस्वती बृद्धाश्रम र सदरमुकामका विभिन्न मन्दिरको हातामा सरसफाई गरेको हो । सशस्त्र प्रहरी बल नेपालको दैलेखस्थित गुल्मका इञ्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक जीवन भट्टराई लगायतको टोलीले उक्त कार्यक्रम गरेको हो ।
२०५७ माघ ९ गते स्थापना भएको शस्त्र प्रहरीले विपदको व्यवस्थापन, राजमार्ग सुरक्षा, अतिविशिष्ट महानुभावको सुरक्षा लगायतका शान्ति सुरक्षाको काम गरिरहेको छ । उक्त कामका लागि देशभर सशस्त्र प्रहरी बल नेपालको ३७ हजार जनशक्ति परिचालन भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]