२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

छोरीलाई दाइजो होइन शिक्षा दिनुपर्छ राजपा नेता: यादव

Logo
प्रकाशित आइतबार, माघ १२, २०७६


(एबिसी संचार)
सिरहा माघ १२ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं संघीय सांसद राजकिशोर यादवले समाजिक रुपान्तरणको जिम्मेवारी सबैमा बोध हुनुपर्ने बताएका छन् ।
सिरहाको मिर्चैयास्थित मोहन उमाविको प्रांगनमा आइतबार आयोजित झोला तथा सेनेटरी प्याड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । उनले समाजमा छोरीमाथिको फरक नजरिया अझ कायमै रहेको भन्दै यसलाई बदल्न समाज नसच्चिएर नहुने धारणा राखे ।
नेता यादवले समाज र घरघरबाट महिला हिंसाको अन्त्यका लागि छोरीलाई दाइजो नभई शिक्षा दिइनुपर्ने बताए । उनले भने, ‘छोरीलाई दाइजो दिनैपर्ने मानसिकता बदलौं, यो घोर अपराध हो, छोरीलाई शिक्षा दिऔं, तबमात्र समाजिक रुपान्तरण सम्भव छ, यो जिम्मेवारी सबैमा बोध हुनुपर्छ ।’
मुलुर र समाजको समग्र विकासको मुल आधार नारी सशक्तिकरण रहेको बताउँदै उनले समाजमा परिवर्तनको लागि महिला सशक्तिकरण आवश्यक रहेको बताए । ‘मानिसको व्यक्तित्व विकासका लागि महत्वपूर्ण पक्ष भनेको शिक्षा हो, जसले हाम्रो भविष्य तथा लक्ष्यलाई कोर्न सक्छ, शिक्षाले महिलालाई एउटा ठूलो मान्छे बनाएर विश्वभरमा चिनाउने र सबैबाट सम्मान दिलाउन सक्छ, साथमा आत्म निर्भर बनाउने र आफ्नो जीवनस्तरलाई सहज अनि सुविस्ता बनाउन सहयोग गर्छ, त्यसैले अब यसतर्फ अगाडि बढौं’, उनले भने ।
नेता यादवले जगत जननी माता सिता, लक्षमी र सरस्वतीको प्रसंग जोड्दै यहाँको संस्कार र संस्कृति आफैंमा ऐतिहासिक रहेको भन्दै यसको रक्षाको लागि सबैले जिम्मेवारी बहन गर्नुपर्ने तर्क गरे । उनले प्रदेश २ सरकारले नारी हितको लागि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन गरेकोप्रति प्रदेश सरकारलाई धन्यवादसमेत दिए ।
यस्तै, मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवले समाज बदल्नको लागि सरकार लागिपरेको बताउँदै यसमा स्थानीय तहबाट आफूहरु थप मलजल गरेर अघि बढिरहेको बताए । उनले नगरमा शिक्षाको स्तर उकास्न अहोरात्र प्रयासमा रहेको जनाए ।
प्रदेश २ सरकारको महात्वाकांक्षी योजनामध्ये एक ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत मोहन उमाविमा आइतबार झोला एवं सेनेटरी प्याड वितरण गरिएको छ । सो विद्यालयमा कक्षा ७ मा अध्ययनरत एकसय ८ जना छात्राहरुलाई झोला तथा सिरहाका विभिन्न पाँच विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सांसद राजकिशोर यादव, मिर्चैया नगरपालिका नगरप्रमुख श्रवण यादव, प्रदेश सांसद दिलीप साह, शिक्षा निर्देशनालय प्रदेश २ का प्रमुख लगायतको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!