०८ फाल्गुण २०८२, शुक्रबार
20-02-2026 , Fri
×

बाँकेको नेपालगन्ज सीमावर्ती पसलमा नेपालमा प्रतिबन्ध भारतीय अण्डाहरु फेला पारी जफत,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण ०७, २०८२

बाँके । नेपालगञ्जको जमुनाहा क्षेत्रमा संयुक्त बजार अनुगमन टोलीले अवैध भारतीय कुखुराको ‘अण्डा’ विभिन्न पसलहरुबाट फेला परेका हो । नेपाल सरकारले पन्छी र पन्छीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लागेको अवस्थामा कुखुराको सेतो ‘अण्डा’ जमुनाहाका पसलमा फेला परेको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

“हामीले जनाचेतना फैलाउने र अवैध कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले बजार अनुगमन गरिरहेका छौँ”, पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा हरेराम यादवले भने । उनले विगत १० वर्षदेखि भारतबाट पन्छी र पन्छीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाइएको उल्लेख गर्दै भारतबाट अवैध रुपमा ल्याएको कुखुरा वा अण्डा नेपालमा ल्याउन निषेध गरिएको बताए ।

क्वारेन्टाइनको संयुक्त अनुगमन टोलीले १७ बढी मासु तथा होटल र पसलमा अनुगमन गरी सचेत गराउँदै केही पसललाई कारबाहीस्वरूप ‘अण्डा’ जफत गरी नष्ट गरेको जनाएको छ । सो टोलीले १५ क्यारेट बढी ‘अण्डा’ बरामत गरी नष्ट गरेको थियो ।

अनुगमन टोली बजारमा अनुगमनमा एक्कासि गएपछि पसल सञ्चालकले पहिले जानकारी दिएर अनुगमन गर्न आउनुपर्ने भन्दै केहीवेर विवाद समेत गरेका थिए । पशु सेवाविज्ञ केन्द्र, बाँकेका वरिष्ठ पशु चिकित्सक डा. गणेश पुनले अनुगमन गर्दा जानकारी दिए कमजोरी लुकाउने प्रयास हुने उल्लेख गरे । पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका प्रमुख वरिष्ठ पशु चिकित्सक यादवको नेतृत्वमा भएको सो बजार अनुगमन भएको थियो । मासु पसलको अनुगमनमा केही पसल बिना दर्ता सञ्चालन गरेको, सरसफाइमा ख्याल नगरेको, नवीकरण नगरेको र बिलबिजक सही नराखेको पाइएको थियो ।

अनुगमन टोलीले व्यावसायिक कुखुरा फार्मसमेतको निरीक्षण गरेको थियो । अनुगमन टोलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्ज, घरेलु तथा साना उद्योग महासङ्घ, नेपालगञ्ज उमहानगरपालिका पशु सेवा शाखा, सीमा सुरक्षा गुल्म जमुनाह, बोर्डर आउट पोस्ट जयसपुर, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय जमुनाहालगायतका प्रतिनिधि तथा प्रमुख सहभागी थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सो बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ । मोरङ, झापा र सुनसरी तथा भारतका किसनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबीच सम्पन्न सो बैठकले आगामी निर्वाचनका सुरक्षाका विषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकमा मतदान हुनुभन्दा ७२ घण्टा  आगाडि सीमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वाटर बागेश्वरी बाँकेबाट खटिएको ९ जनाको सशस्त्र प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १५ पिप्रहवाबाट भारततर्फबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको जनाएको छ। भे.१ ह ६४२९ र भे.१ ह ४५३८ नम्बरका दुई वटा अटोमा राखी लत्ताकपडा, किराना सामान तथा सुर्तिजन्य पदार्थ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ३० […]

सल्यान । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा बाघको आतङ्क बढेपछि सल्यान कालीमाटी गाउँपालिकाका बालबालिकालाई विद्यालय आवतजावतमा नेपाली सेनाले सुरक्षा दिन थालेको छ । बाघ बस्तीनजिकै देखिन थालेपछि विद्यालय जाने बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै सेनाले बिहान साँझ  सुरक्षा दिँदै गन्तव्यसम्म पुर्‍याउन थालेको हो । नेपाली सेनाको टोलीले कालीमाटी गाउँपालिका–७ का स्वामीवास, हाउखोला, बाटुले र र्याङबाट नेपाल राष्ट्रिय […]

error: Content is protected !!