रुपन्देही । बुटवल उपमहानगरपालिका ८ सुख्खानगर स्थित एक गोदाममा बिलबिजक बिना अनलोड गर्न थालिएको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मैत्री पथमा रोकिएका दुई गाडीबाट ७७ पेटी (३६९६ पिस) ‘गोल्डेन वाक’ नामक मदिरा बरामद गरेको हो।
बरामद मदिराको अन्दाजी मूल्य रु १० लाख ७८ हजार र सवारी साधनको मूल्य करिब रु १७ लाख कायम गरिएको प्रहरीले जनाएको छ। मदिरा र दुवै गाडी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।