२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना, मौसम पूर्वानुमान महाशाखा,

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, फाल्गुण १५, २०८२

काठमाडौं । महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

यसैगरी आज काठमाडौँ उपत्यकामा पनि खण्डित वर्षाको सम्भावना देखिएको महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।

‘अपराह्नतिर काठमाडौँ उपत्यकामा पनि खण्डित वर्षा हुने सम्भावना छ’, उनले नेपालखबरसँग भनिन्, ‘खण्डित वर्षा भनेको ठाउँठाउँमा मात्र पानी पर्ने सम्भावना हो।’

मौसमविद् महर्जनका अनुसार वर्षा हल्का किसिमको मात्रै हुनेछ। अहिले बिहान भने काठमाडौँ उपत्यकामा हुस्सु लागिरहेको छ।

‘अहिले यहाँको भिजिबिलिटी १५ सय मिटर मात्र छ’, उनले भनिन्। यो भिजिबिलिटीले हवाई उडानमा समस्या पार्न सक्छ।

यस्तै राति तराईका थोरै स्थानमा तुँवालो रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।