२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

प्रहरीलाई अभद्रव्यबहार कसुरमा गायिका आस्था राउत प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

(एबिसी संचार)
काठमाडौं माघ १३ गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएपछि उनी परिवारसँग प्रहरीको सम्पर्कमा आएकै बेला पक्राउ परेकी छन् ।
आस्था राउतलाई आफन्तले महानगरिय प्रहरी परिसर काठमाडौंमा आज बिहान ल्याएपछि नियन्त्रणमा लिइएको परिसरका डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए। उनीबिरुद्द अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चल्ने छ। प्रहरीले उनी आफै प्रहरी कार्यालयमा आएको खन्डमा लचिलो बन्ने संकेत दिएको थियो।
आस्था राउतलाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेर प्रहरीलाई गाली गरेकी थिइन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

error: Content is protected !!