२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

यूएईमा विकसित घटनाबारे पुष्टि नहुने भिडियो र फोटो सार्वजनिक नगर्न नेपाली राजदूताबासको अपिल,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण १७, २०८२

काठमाडौं । युएई दूताबासले अपील प्रकाशन गर्दै अहिले युएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञात स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न र सुरक्षा स्थितिबारे भ्रम फैलिने मनसायको सन्देश प्रवाह नगर्न आग्रह गरेको हो ।

अपीलमा भनिएको छ, ‘युएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस्तो कार्य नगर्न अनुरोध गरिएको छ। यस्ता कार्य कानूनबमोजिम दण्डनीय हुने चेतावनी युएईका आधिकारिक निकायबाट जारी भएको छ।’
यस्तै, अपिलमा विकसित परिस्थितिबारे सही जानकारीका लागि युएईका आधिकारिक निकायले जारी गर्ने अपडेट र सूचना हेर्नसमेत अनुरोध गरिएको छ । आधिकारिक अपडेटका लागि सम्पर्क सूत्र पनि दिइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!