२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

दाङ अवधी पत्रकार संघको अध्यक्षमा दुखहरण यादव चयन

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

सागर थापा
दाङ माघ १३अवधी पत्रकार संघ दाङको प्रथम अधिवेशन आइतवार देउखुुरीको गढवामा सम्पन्न भएको छ ।
नेपाल अवधी पत्रकार संघ केन्द्रिय समितिको आयोजनामा संघका दाङ जिल्ला कार्यवाहक अध्यक्ष दुुखहरण यादवको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुुख आतिथ्यमा कार्क्रम भएकाे हाे ।
कार्यक्रममा प्रमुुख अतिथि यादवले भाषा, कला र संस्कृतिको संरक्षण उन्नयन र विकासमा पत्रकारहरुको भूूमिका महत्वपुुर्ण हुुने बताए । कार्यक्रममा अध्यक्ष यादवले समाज परिवर्तनमा पत्रकारहरुको ठूलो भूूमिका हुुने भन्दै आमसंचारको माध्यमबाट समाजमा लुुकेर रहेका विषयबस्तुुहरुलाई पत्रकारहरुले आम जनता सम्म पुुर्याउनुुपर्ने बताए ।
गढवा गाउँपालिकाको तर्फबाट अवधि भाषा संस्कृति कला र साहित्यको संरक्षणका लागि स्पष्ट खाका सहित आएमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
यसैबीच, अधिवेशनले दुुखहरण यादवको अध्यक्षतामा ११ सदस्यीय अवधि पत्रकार संघ दाङको सर्बसम्मत नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्ष गिता कुुमारी यादव, सचिव सहदेव यादव, कोषाध्यक्ष रामकुुमारी यादव, सहसचिव रोशन यादव र सदस्यहरुमा देव यादव, ओम प्रकाश गुुप्ता, मञ्जुु यादव खजरौटा), मञ्जुु यादव(रामनगर),उर्मिला यादव र देवबहादुुर यादव रहेका छन् । अधिवेशनले ३ सदस्यीय सल्लाहकार तथा केन्द्रिय प्रतिनिधिको चयन गरेको छ । जसमा पत्रकार राधेश्याम गुुप्ता, ऋषि यादव र कृृष्णकुुमार यादव रहेका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा नेपाल अबधि पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेश मिश्र, संस्थापक अध्यक्ष सुूर्यलाल यादव, महासचिव जिएम यादव, अवधी साँस्कृतिक विकास परिषद् दाङका अध्यक्ष जगतराम यादव, देउखुुरी साहित्य मञ्चका अध्यक्ष हरि पोख्रेल, नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का पार्षद शिवराज पन्थी, संरक्षण अभियन्ता उमाकान्त पन्त, अवधी पत्रकार संघ दाङका संस्थापक अध्यक्ष राधेश्याम गुुप्ता, शिक्षक एवं साहित्यकार नागेन्द्र यादव र जनता मावि गढवाका प्रधानाध्यापक रामसुुरत यादवलगायतले शुुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]