०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

घोराही-६ चैनपुरमा पानीको समस्या निराकरण गर्न कसियो घोराही बनाऔँ अभियान,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, चैत्र ०५, २०८२

दाङ । घोराही चैनपुर क्षेत्रमा पिउने पानीको समस्या निराकरण गर्नको लागि घोराही बनाऔँ अभियानले विशेष पहल गर्ने भएको छ। सो क्षेत्रका ६०० बढी घरधुरीलाई पिउने पानीको व्यवस्था गर्नको लागि सुरु भएको खानेपानी आयोजना पूर्णता नपाएपछि हाल त्यहाँ पिउने पानीको व्यापक समस्या छ ।

व्यवस्थित रुपमा पानी ट्याङ्की निर्माण भइसक्दा समेत पाइपलाइनिङ लगायतका कामहरू रोकिएकाले स्थानीयवासीले पिउने पानी को समस्या बेहोर्नु परेको चैनपुर खानेपानीका अध्यक्ष हेमराज ओलीले जानकारी दिनुभयो यस विषयमा अभियानको तर्फबाट डिभिजन खानेपानी कार्यालयलाई जानकारी गराइएको भए पनि कामलाई पूर्णता दिनका लागि घोराही बनाउँ अभियानको टोलीले बिहिबार डिभिजन खानेपानी कार्यालयमा ज्ञापनपत्र बुझाउन लागिरहेको अभियानका संयोजक सबिन प्रियासनले जानकारी दिनुभयो। सो क्षेत्रमा पिउनेपानीको समस्याका कारण स्थानीयवासीहरू टाढा टाढासम्म पानीको जोहो गर्न जानु परिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ धेरै मानिसका आफू जन्मिएको अवसरमा जन्मदिन मनाउने आआफ्ना तरिका हुन्छन् । कसैले थोरै भएपनि सामाजिक काम गरेर मनाउने गर्छन् । त कसैले अर्को किसिमले मनाउँछन् । दाङको देउखुरी भालुवाङ निवासी राजथापा ( चलाउने ) ले बुधबार बिहान देउखुरीस्थित निलसागर आश्रममा रहेका असहाय त ज्येष्ठ नागरिकहरुलाई खाना खुवाए र साथमा फलफूल पनि बाँडे […]

दाङ । गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारीले बिहान ५ बजेदेखि फिल्डमा खटेर “जसरी पनि पानी पिलाउनु छ” भन्ने जुन जिद्दी छ नि, त्यही भएर काम हुन्छ। बजेट जोड्दा जम्मा रू. 33 लाख पुग्यो:* – *गाउँपालिका*: रू. 4 लाख – *UN परियोजना*: रू. 20 लाख – *जिल्ला खानेपानी*: रू. 9 लाख *जम्मा […]

  *के हुँदैछ:* स्थानीय सडक कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाले खजुरा रोडको क्षतिग्रस्त भाग हटाएर नयाँ ढलान र नाली व्यवस्थापन गर्ने योजना अघि बढाएका छन्। वर्षायाममा खाल्डाखुल्डी र जलजमावले सवारी आवागमनमा समस्या भएपछि यो काम सुरु गरिएको हो। *प्रभाव:* – काम चलिरहेको समयमा खजुरा–नेपालगन्ज आवतजावतमा केही अवरोध र डाइभर्सन हुनेछ। – साना सवारीका लागि वैकल्पिक बाटो […]