३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

तुलसीपुर महोत्सवबाट हेलिकोप्टरमा उडे दाङका सुरक्षा प्रमुखहरु

Logo
प्रकाशित बुधबार, माघ १५, २०७६

(एबिसी संचार)
दाङ माघ १४ तुलसीपुर महोत्सवमा दाङका जिल्लाका उच्च सुरक्षा प्रमुखहरु हेलिकोप्टरमा उडेका छन् । मंगलवारदेखि सुरु भएको हेलिकोप्टर भ्रमणको उद्घाटन गर्न भन्दै प्रमुख जिल्ला अधिकारी रिजाल, दाङ जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराई, अनुसन्धान विभागका जिल्ला प्रमुख टेकराज तिमिल्सिना र यातायात व्यवसायितका नेता भरतनाथ योगीले पहिलो फ्लाईट गरेका हुन ।
भ्रमण वर्ष मनाईरहदा आन्तरिक पर्यटनलाई टेवा पु¥याउने उदेश्यले हेलिकोप्टरको यात्रा गर्नेलाई मध्यनजर गरेर हेलिकोप्टर ल्याइएको आयोजक संस्था तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत विरुले बताए । यसैबीच हेलिकोप्टर यात्राको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले त्यसले आन्तरिक पर्यटनलाई सहयोग पुग्ने दाबी गरे । हेलिकोप्टर मार्फत दाङसहित छिमेकी जिल्लाहरुका प्रमुख पर्यटकीय स्थलहरुको भ्रमण गर्न सकिने जानकारी दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!