२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

पाकेर काट्न ठिक्क भएको मुसुरो र केराउ बालीलाई बर्षाले क्षति,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०७, २०८२

बाँके । चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पु¥याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न ठिक्क भएको मुसुरो र केराउ बालीलाई क्षति पु¥याएको हो ।

उखेलेको मुसुरो खेतमै थियो, अचानक पानी आइहाल्यो । पालले छोप्दा पनि पूरै ढाक्न सकिएन र सबै भिज्यो टीकापुर नगरपालिका–२ राजीपुरका अर्जुन ठकुल्लाले भने, æसबैको मुसुरो पाकेको थियो, पानी परेपछि गाउँका किसानको मुसुरो खेती गलेको छ ।

राजीपुरकै चुलुवा चौधरीले पनि ३० कठ्ठा खेतमा लगाएको मुसुरो र केराउ पाकेर सड्न थालेपछि उखेल्न थालेको बताए । यस्तै, राजकुमारी चौधरीले २० कठ्ठा जमिनमा उखेलेर राखेको मुसुरो भिजेर बिग्रिएको र बाँकी रहेको मुसुरो पनि हतार–हतार उखेल्न थालेको जानकारी दिइन् । वर्षासँगै चलेको हावाहुरीले भर्खरै बाला लाग्दै गरेको गहुँ बालीसमेत ढालेको छ ।

टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख मोतीसिंह विकले बेमौसमी वर्षाले वसन्ते मकै, लहरे तरकारी र अरहरलगायतका बालीलाई फाइदा पुगे पनि पाकेको मुसुरो र केराउलाई भने नोक्सानी गरेको बताइन् । कैलाली मुसुरो र केराउ राम्रो उत्पादन हुने क्षेत्र हो ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाका अनुसार टीकापुर क्षेत्रमा बिहीबार बिहानदेखि शनिबार बिहानसम्म १२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

error: Content is protected !!