०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

दुर्गम हिमाली जिल्ला रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्ता क्षेत्रमा विशेषज्ञ सेवा विस्तार गर्न जोड,

Logo
बिदुर एमसी प्रकाशित आइतबार, चैत्र २९, २०८२

रुकुम पूर्व । प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेको रुकुम पूर्व अस्पतालको हालै तयार भएको भवनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् । रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका-५, रुकुमकोटमा आइतबार आयोजित एक औपचारिक कार्यक्रम गरेर मुख्यमन्त्री आचार्यले उक्त भवन उद्घाटन गरेका हुन् । सोही अवसरमा नव निर्मित भवनबाट स्वास्थ्य उपचार सेवा समेत शुभारम्भ गरिएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकारले विशेष ध्यानमा राखेर काम गरिरहेको चर्चा गरे । `आचार्यले दुर्गम क्षेत्रमा सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्न जनशक्तिको अभाव हुन नदिएको अवगत गराए । दरबन्दी खाली हुँदा बित्तिकै जनशक्ति पठाउने व्यवस्था मिलाएका छौं,´ मुख्यमन्त्री आचार्यले सबैलाई विश्वस्त तुल्याउँदै अगाडि थपे -`विशेषज्ञ जनशक्ति पुर्‍याउन केही चुनौती केही अप्ठ्यारो भए तापनि त्यस्ता चुनाैतिलाइ समाधान गर्नेगरी सरकारले काम गरिरहेकाे छ ।´

विषयगत विशेषज्ञ चिकित्सक जनशक्ति पुर्‍याउन सरकार अघि बढ्ने खुलस्त पार्दै मुख्यमन्त्री आचार्यले रुकुम पूर्वलाई उच्च प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको उदाहरण समेत प्रस्तुत गरेका छन् ।
आचार्यले पूर्वी रुकुमका सबै वडामा सडक पुर्‍याउन विगतदेखि काम भइरहेको उल्लेख गर्दै आवश्यकता अनुसार बजेटमा प्राथमिकता दिइएको बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारका माननीय स्वास्थ्य मन्त्री खेमबहादुर सारुले पनि रुकुम पूर्व लगायत विशिष्ट प्रकृतिका क्षेत्रमा स्वास्थ्य विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी गराए । स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई विशेषज्ञ चिकित्सक, उपकरण र पूर्वाधारमा बलियो बनाउनेगरी काम भइरहेको स्पष्ट पारे । `पहिले – पहिले दुर्गम क्षेत्रमा जनशक्ति जानै नमान्ने अवस्था थियो । तर, हामीले यो परिपाटी बदल्न सकेका छौं,´ स्वास्थ्य मन्त्री सारुले भने -`अब पहिला दुर्गम, अनि बल्ल अन्यत्र पठाउने व्यवस्थापन मिलाएका छौं ।´

अस्पताल विकास समितिका अध्यक्ष लोकेन्द्र शाहको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा अस्पताल भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला पक्षहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

लुम्बिनी प्रदेश सरकारको १४ करोड रकमको लगानीमा उक्त अस्पताल भवन निर्माण गरिएको हो । दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यस ५० शय्याको अस्पतालले अब स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

देशमा राज्य पुनःसंरचनाको अवधारणा स्वरुप संघीयता लागू गरियो । तत्पश्चात २०७४ सालमा रुकुमलाई टुक्राएर फ़ेरि रुकुम पूर्व छुट्टै जिल्ला बन्न सफल भयो । त्यो बनेपछि साविकको इलाका स्वास्थ्य कार्यालयकै संरचनाबाट जिल्ला अस्पतालको सेवा सञ्चालन हुँदै आएको थियो ।

सीमित भौतिक संरचना र जनशक्तिका कारण अस्पतालले अहिलेसम्म मुस्किलले १५ शय्यामात्रै सेवा दिँदै आएको अवस्था थियो । २०७८ सालमा निर्माण सुरु भएको अस्पताल भवन निर्माण कार्य सम्पन्न भएपछि गत पुस महिनामा हस्तान्तरण गरिएको थियो ।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो, रुकुम पूर्व । प्रदेश सरकारको विशेष पहलमा यो अस्पताल अहिले ५० शय्याको क्षमतामा सञ्चालनमा आएको छ । अस्पतालबाट हाल दैनिकजसो करिब १०० जना बढी बिरामीले ओपिडी सेवा लिँदै आएका छन् ।

अस्पतालबाट विशेषज्ञ दन्त रोग उपचार सेवा, फिजियोथेरापी सेवा, ल्याब सेवा, अन्तरंग सेवा उपलब्ध हुँदै आएको छ । त्यसका साथै फार्मेसी सेवा, एक्स–रे सेवा, सुत्केरी आमा तथा नवजात शिशु स्वास्थ्य सेवा, सुत्केरी बिरामीका लागि कुरुवा घर, आँखा स्वास्थ्य लगायतका सेवा सञ्चालन भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खरालले जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!