२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

बाँकेमा दुर्घटना न्यूनीकरण गर्न १० ठाँउमा जनचेतनामुलक बोर्डहरु राखियो….

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके माघ १६ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले सवारी दुर्घटना न्युनिकरण तथा सडक सचेतनाका लागि कोहलपुर देखि नेपालगन्ज सम्मको सडकहरुमा ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक बोर्डहरु राखेको छ। G.V.N


CLZ को सहयोगमा रहेको जम्मा १० वटा ट्राफिक नियम जनचेतना मुलुक बोर्डहरु कोहलपुर देखि नेपालगन्ज सडकखण्डमा राखिएको छ । तिब्र गतिमा चलाउने सवारी साधनहरुको गति कम गर्न बाटोहरुमा ट्राफिक नियमको बोर्डहरु राख्न थालेको छ । दिन प्रति दिन बढ्दै गईरहेको सवारी साधन दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ उक्त बोर्डहरु बिहीबार राखिएको हो ।
तिब्र गतिका कारण हुनसक्ने सवारी दुर्घटनालाई मध्यनगर गर्दै बढी दुर्घटना ग्रस्त क्षेत्रहरुको चयन गरी यस कार्यको थालनी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभएको छ । बाँके जिल्ला ट्राफिक प्रमुख बमका अनुसार केही हदसम्म भएपनि सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
आगामी दिनहरुमा बाँके जिल्लाभर बढी दुर्घटना ग्रस्त क्षेत्रहरुको पहिचान गरी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम सम्बन्धि बोर्डहरु राख्ने योजना समेत रहेको बाँके ट्राफिक प्रमुख बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

error: Content is protected !!