१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

जेनजी आन्दोलनमा सुरक्षाकर्मीमाथि भएको आक्रमणलाई बेवास्ता,कार्की आयोगको प्रतिवेदन मौन

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख ०४, २०८३

काठमाडौं । जेनजी विध्वंसको दोस्रो दिन, २४ गते प्रहरीमाथि भएको कुटपिट र निर्मम आक्रमणको घटनामा कार्की आयोगको प्रतिवेदन मौन देखिएको छ। घटनामा सुरक्षाकर्मीमाथि भएको गम्भीर आक्रमणलाई बेवास्ता गरिएको भन्दै आयोगको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।

सार्वजनिक रुपमा आएका विवरणअनुसार उक्त दिन प्रहरीमाथि कुटी कुटी आक्रमण गरिएको थियो। तर, यति संवेदनशील र गम्भीर विषयमा आयोगको प्रतिवेदनले स्पष्ट धारणा नराख्नु आश्चर्यजनक मानिएको छ। यसले प्रतिवेदन एकपक्षीय ढंगले तयार गरिएको हो कि भन्ने आशंका समेत जन्माएको छ।

अझ रोचक कुरा के छ भने, आयोगका अध्यक्ष कार्की स्वयं विगतदेखि नै विवादित व्यक्तिका रूपमा चिनिन्छन्। त्यस्ता व्यक्तिलाई नै जाँचबुझ आयोगको नेतृत्वमा राख्नु तत्कालीन अन्तरिम सरकार (सुशीला कार्की नेतृत्व) को निर्णयमाथि पनि प्रश्न उठेको छ।

विश्लेषकहरू भन्छन् यदि  सत्य घटनालाई पूर्ण रूपमा समेट्ने उद्देश्य हो भने, कुनै पनि पक्षको हिंसा वा अतिरेकलाई नजरअन्दाज गर्नु हुँदैन। प्रहरीमाथि भएको आक्रमणलाई बेवास्ता गर्नु न्यायिक प्रक्रियामाथि नै अविश्वास पैदा गर्ने कदम हुन सक्छ।

प्रश्न उठेको छ, के आयोगले सम्पूर्ण सत्य उजागर गर्न खोजेको हो, वा चयनात्मक रूपमा प्रतिवेदन तयार गरिएको हो?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!