१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

पूर्व भीआईपीहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम पाउने कानूनी व्यवस्था खारेज,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, बैशाख १४, २०८३

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ ।

सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन ।

राज्यका पूर्व पदाधिकारीहरूले स्वदेशमा उपचार गर्न मिल्ने अवस्था हुदाहुदै पनि विदेशमा गएर उपचार गर्ने र मन्त्रिपरिषद्को निर्णयबाट उनीहरूको उपचारखर्च व्यहोर्ने अभ्यास हुँदै आएको थियो । २०७५ सालमा जनस्वास्थ्य ऐन जारी गरेर त्यस्तो क्रियाकलापमा रोक लगाइएको भएपनि अर्को कार्यविधिमा भएको व्यवस्था अनुसार विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँथे ।

सर्वोच्च अदालतले कार्यविधि नै खारेज गरेपछि विदेशमा गरिएको उपचारखर्च राज्यकोषबाट ब्यहोर्नु अब गैरकानूनी हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई प्रधान कार्यालय नक्सालमा बोलाएको छ। प्रहरी संगठनको उच्चस्तरीय समन्वय तथा नीतिगत छलफलका लागि आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (PCC) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा […]

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]