२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

काठमाडौं प्रहरीद्वारा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने १ गिरोहहरुलाई पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख १५, २०८३

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोटको विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

गत चैत १२ गते, १९ गते र वैशाख ६ गते विभिन्न ठाउँमा पुगेर सुन लुटपाटसम्बन्धी घटनाको अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एसपी भट्टराईका अनुसार पक्राउ परेकाहरुबाट १२ दशमलव ९० ग्राम सुन, पेचकस एक थान, ठूलो रेन्ची एक थान, सानो रेन्ची आठ थान, मोबाइल एक थान, खुकुरी एक थान, हुडी, ट्राउजर, ज्याकेटलगायत सामग्री बरामद गरेको छ।

काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ४ पैँयुटारबाट पक्राउ परेको उक्त गिरोहलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]