१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

रकम निकाल्न बहिनीको कंकाल बोकेर बैंक पुगेपछि बैंकभित्रका कर्मचारीहरु भागाभाग,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख १५, २०८३

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ।

अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ।

ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही रकम निकाल्न खेपेको हैरानीका कारण उनी आफ्नी मृतक बहिनीको कंकाल बोकेर बैंक पुग्न बाध्य भएका थिए। उनी कंकाल बोकेर बैंक पुगेपछि बैंकभित्र भागाभाग भएको थियो।

वास्तवमा, जीतू आफ्नी बहिनी कलारा मुन्डाको खाताबाट २० हजार रुपैयाँ झिक्न चाहन्थे। यसका लागि उनी पटक–पटक बैंक गएका थिए। तर कर्मचारीहरूले खातावाला स्वंयनै उपस्थित गराउनुपर्ने भन्दै पटक-पटक उनलाई फर्काएका थिए।

जीतूले यसअघि नै बहिनीको मृत्यु भएको जानकारी बैंकलाई दिइसकेका थिए। तैपनि कुनै सहयोग नपाएपछि, निराश भएर उनले चिहानबाट कंकाल निकालेर बैंकमै प्रस्तुत गरे। बहिनीको कंकाल काँधमा बोकेर जीतू करिब ३ किलोमिटर पैदल हिँडे। त्यसपछि ओडिशा ग्रामिण बैंक को मल्लिपसी शाखाको बरामदामा कंकाल राखे। यो दृश्य देखेर त्यहाँ रहेका मानिसहरू स्तब्ध भए।

प्रहरीका अनुसार, जीतू अशिक्षित छन् र कानुनी प्रक्रियाबारे अनभिज्ञ थिए। बैंकका कर्मचारीहरुले उनलाइ बुझाउन र आवश्यक कागजात मिलाएर पैसा नदिंदा सिंगो भारतमानै यो घटनालाइ लिएर बहस सुरु भएको छ। त्यहाँको प्रशासनले उनलाई नियमहरू स्पष्ट रूपमा बुझाउँदै सहयोग गर्ने र छिट्टै पैसा उपलब्ध गराउने आश्वासन दिएपछि शवलाई पुनः चिहानमै गाडिएको थियो।

कंकाल देखेपछि बैंक कर्मचारीहरूले प्रहरी बोलाएका थिए। प्रहरीका अनुसार, जीतूलाई ‘कानुनी वारिस’ वा ‘नोमिनी’ के हो भन्ने जानकारी थिएन। बैंकका अधिकारीहरूले पनि मृत व्यक्तिको खाताबाट पैसा निकाल्ने प्रक्रिया स्पष्ट रूपमा बुझाउन नसकेको जनाएका छन्।

प्रहरीले जीतू मुन्डालाई उनकी मृत बहिनीको खाताबाट रकम निकाल्न सहयोग गर्ने आश्वासन दिएको छ। पछि, प्रहरीको उपस्थितिमा शवलाई फेरि चिहानमै गाडियो। डियानाली गाउँका बासिन्दा जीतू मुन्डा जुन कंकाल लिएर बैंक पुगेका थिए, त्यो उनकी दिदी कलारा मुन्डाको थियो।

कलाराको मृत्यु २६ जनवरी २०२६ मा भएको थियो। उनको खातामा नामित पति र छोराको पनि मृत्यु भइसकेको छ। त्यसैले खातामा रहेको रकममा जीतू नै एक मात्र दाबेदार भएका हुन्।

आर्थिक रूपमा कमजोर भएकाले उक्त रकम उनको जीवनयापनका लागि निकै महत्त्वपूर्ण मानिएको छ। त्यसैले उनले रकम झिक्ने प्रयास गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ। अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ। ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोटको विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी […]

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न […]

error: Content is protected !!