१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

सुकुम्बासी बस्ती खाली गराउने सके पछी सुनसान बने उपत्यकाका नदी किनार

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख १५, २०८३

काठमाडौँ र भक्तपुरको सीमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौंदेखि कब्जा गरिएको सार्वजनिक जमिन खाली गराउने काम सकिएको छ।

काठमाडौँ उपत्यकाका मुख्य नदी किनारका क्षेत्रहरूमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि सो क्षेत्रको अवस्था अहिले सुनसान र विरानो बनेको छ।

नेपाल प्रहरीकाअनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी कुल ९४१ घरटहरा भत्काइएको छ। सरकारी जग्गा संरक्षण अभियान अन्तर्गत सञ्चालन गरिएको यस कार्यले ठूलो संख्यामा आवास विहीनहरूलाई प्रभावित पारेको छ।

स्थानीय प्रशासनले नदी किनारको करिडोरलाई व्यवस्थित बनाउन र बागमती तथा मनोहराको स्वच्छता कायम राख्न यो कठोर कदम चाल्नुपरेको बताएको छ।

यद्यपि विस्थापित भएका परिवारहरूले आफ्नो उठिबास लगाइएको तर उचित विकल्प नदिइएको गुनासो गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

काठमाडौँ र भक्तपुरको सीमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौंदेखि कब्जा गरिएको सार्वजनिक जमिन खाली गराउने काम सकिएको छ। काठमाडौँ उपत्यकाका मुख्य नदी किनारका क्षेत्रहरूमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि सो क्षेत्रको अवस्था अहिले सुनसान र विरानो बनेको छ। नेपाल प्रहरीकाअनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी कुल ९४१ घरटहरा भत्काइएको छ। सरकारी जग्गा संरक्षण […]

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ। अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ। ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही […]

error: Content is protected !!