१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

पत्रकार महासंघद्वारा नेपाल नगरपालिका सङ्घलाई ज्ञापनपत्र यस विषयमा संघले छिटै निर्णय लिन्छ : महासचिव चौधरी

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, बैशाख १५, २०८३

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीसहित नेपाल नगरपालिका सङ्घका केन्द्रीय महासचिव नरुलाल चौधरीलाई भेटेर केन्द्रले तयार पारेको ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको हस्ताक्षर रहेको ज्ञापनपत्र बुझ्दै नेपाल नगरपालिका सङ्घका महासचिव नरलाल चौधरीले यस विषयमा दुई तीन दिन भित्रै संघले निर्णय लिने बताउनुभयो । उहाँले नेपालका सबै सञ्चार माध्यमहरुलाई असर गर्ने गरी सरकारले विज्ञापन सम्बन्धी गरेको निर्णय व्यवहारिक नभएको, यसबाट नागरिकमा सूचना प्रवाह गर्न समेत समस्या परेको र स्थानीय सरकारको अधिकारसमेत कटौती भएकाले सामूहिक रुपमा संघको तर्फबाट छिटै नै ठोस निर्णय लिने चौधरीको भनाइ छ । हाल दाङको घोराहीमा रहनुभएका नगरपालिका सङ्घका महासचिव चौधरीले भोलि नै काठमाडौँ गएर यो विषयमा छलफल गरिने प्रतिबद्धता जाहेर गर्नुभयो।

ज्ञापनपत्र बुझाउँदै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले सरकारले तत्काल विज्ञापनसम्बन्धी गरिएको निर्णय फिर्ता ल्याएर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सवालमा निर्णय गर्न अनुरोध गर्नुभयो । प्रियासनले स्थानीय र प्रदेश सरकारले पनि यो विषयमा बोल्नुपर्नेमा जोड दिनुभयो। नेपाल पत्रकार महासङ्घ यसको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको छ। पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न हुँदासम्म सरकारले निर्णय फिर्ता नलिए कडा आन्दोलनमा उत्रने महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई प्रधान कार्यालय नक्सालमा बोलाएको छ। प्रहरी संगठनको उच्चस्तरीय समन्वय तथा नीतिगत छलफलका लागि आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (PCC) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा […]

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]