२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

१२ वर्षअघि अपलोड भएको यो फोटोबारे थुप्रै साथीहरुको जिज्ञासा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख १७, २०८३

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ ।

त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीको नवनिर्मित भवन उद्घाटन गर्न नेपाली सेनाको एआई १७ हेलिकप्टरबाट सन्धीखर्क पुगेका थियौँ । उद्घाटन र खाना खाने कार्यक्रमपछि काठमाडौं फर्किने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, त्यहाँसम्म पुगेपछि वामदेव कमरेडले आफ्नो गृहजिल्ला तथा निर्वाचन क्षेत्र प्यूठान जाने मन गर्नुभयो । र, हेलिकप्टर सीधै प्यूठान लाग्यो । त्यहाँ सांसदका रुपमा वामदेव कमरेडको सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यक्रम थियो । आईजीपी उपेन्द्रकान्त अर्यालको शर्त थियो, स्वर्गद्वारी पुगिन्छ भने जाऔँ । त्यसैले सम्पर्क कार्यालय उद्घाटनलगत्तै हामी प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीतर्फ सोझियौँ । स्वर्गद्वारीबाट फर्किनका लागि हेलिकप्टर चढ्नुअघि यो फोटो खिचिएको हो । यसमा हाल नेकपा एमाले, प्यूठान जिल्ला कमिटीका अध्यक्ष विजयविराज विष्ट पनि हुनुहुन्छ । उहाँ र म वामदेव कमरेडको सचिवालयमा थियौँ ।

तर, शत्रुले चारैतिरबाट घेरेको उक्त अवस्थामा सो यात्राबारे अनेकन अनर्गल हल्ला फैलाइयो । ‘गृहमन्त्री २० लाख खर्च गरेर गृहजिल्ला गए’, ‘सेनाले ३ घण्टाका लागि प्रतिघण्टा ४ लाख ९७ हजार २ सय ५० रुपैयाँ भाडामा दिएको हेलिकप्टर गृहमन्त्रीले दिनभरि होल्ड गरे’ जस्ता अफवाह फैलाइयो । गृह मन्त्रालयले रकम भुक्तानी गर्ने गरी त्यसदिन हेलिकप्टर प्रयोग भएको थियो । र, प्रतिघण्टाको हिसाब थिएन । फ्युलसहित केही सर्भिस चार्जमा गृहलाई सेनाले हेलिकप्टर दिने गरेको थियो । नढाँटी भनौँ, प्रहरीका ‘सा’बहरु’ वामदेवको बदनाम गर्न उक्त कालखण्डमा साह्रै सक्रिय हुनुहुन्थ्यो । समाचारको प्लटिङ त्यसरी नै भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]