२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँकेको सिमानाकाबाट अवैध रूपमा भारतीय कुखुरा ल्याउने क्रम रोकिएन,प्रहरीले धमाधम पक्राउ गर्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख १७, २०८३

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने गरिएको बताउँदै उहाँले प्रहरी देख्ने बित्तिकै ती व्यक्ति भाग्ने गरेकाले पक्राउ गर्न नसकिएको उनले उल्लेख गरे।

पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्जका प्रमुख डा हरेराम यादवले बर्ड फ्लुको जोखिम हुँदाहुँदै पनि अवैध रूपमा भारतीय कुखुरा नेपालगञ्ज भित्र्याउने कार्य बन्द हुन नसकेकामा चिन्ता व्यक्त गरे । “हामीले दैनिकजसो समातिरहेका छौँ । तर कसरी भित्रिरहेको छ, आश्चर्य लाग्छ”, उनले भने।

खुला सीमानाका र व्यापारीमा सचेतनाको कमीका कारण अवैध कुखुरा नेपालगञ्ज ल्याइएको उल्लेख गर्दै डा. यादवले अहिलेसम्म ३५ हजार तयारी कुखुरा नष्ट गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा ६० हजार भारतीय अवैध चल्ला र ४०० किलो कुखुराको तयारी मासु र अण्डा नष्ट गरिएको उनले उल्लेख गरे।

प्रहरीको सहयोगमा पक्राउ गरिएका सबै अवैध कुखुरा, चल्ला, अण्डा र मासु नष्ट गरिएका पशु क्वारेन्टाइन नेपालगञ्जले जनाएको छ । तराईका केही जिल्लामा बर्ड फ्लुको जोखिम बढ्दै गए पनि हालसम्म यस क्षेत्रमा सङ्क्रमण नदेखिएको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा यादवले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]