१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

कैलाली प्रहरीले धनगढीका विभिन्न होटलमा छापा हानेर ३० जना महिला र पुरुष पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख १८, २०८३

धनगढी । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ ।

डीएसपी तिमिल्सिनाका अनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको बताए । सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा अनैतिक कार्य गर्न प्रेरित गराएको अभियोगमा १७ महिला र १३ पुरुषलाई नियन्त्रणमा लिइएको उनले बताए ।

प्रहरीले धनगढीको ब्ल्याक स्टोन कटेजबाट सात जना, सम्झना होटलबाट चार जना, ए एम एन्ड ए होटलबाट पाँच जना, प्रिन्स होटलबाट पाँच जना, कर्णाली होटलबाट छ जना र एभरेस्ट होटलबाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]