१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

समुदायका सबै पक्षहरूले ध्यान दिएमात्रै थारु संस्कृति पुस्तान्तरण सहज हुनेमा मुख्यमन्त्री आचार्यको जोड,

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, बैशाख १८, २०८३

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ ।

प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् । थारु समुदाय आफ्नो मौलिक कला र संस्कृतिमा धनी भएपनि युवा पुस्तामा यसको प्रभावकारी हस्तान्तरण हुन नसकेको आचार्यले उल्लेख पुष्टि गरे ।

`थारु समुदायको पहिचान यसको कला, संस्कृति, सभ्यता, संस्कार र भाषाले नै थारू समुदायको पहिचान निर्धारण हुनेमा उनले औंल्याए । त्यसैले यी र यस्ता मूल्य मान्यताहरु पुस्तान्तरण गर्न समुदायबाटै विशेष जोड दिन आवश्यक रहेको दाबी गरे ।

प्रदेश सरकारले संस्कृति संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम अघि बढाएको मुख्यमन्त्री आचार्यले जानकारी गराए । आचार्यको भनाइ अनुसार वडघर सम्बन्धी ऐन मन्त्रिपरिषदबाट पारित भई प्रदेश सभामा पेश गर्ने तयारीमा रहेको छ । परम्परागत कला तथा संस्कृतिको संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पनि प्रदेश सरकारले प्राथमिकता दिएको उनलेे सुझाव दिए ।

कार्यक्रम सञ्चालन गर्दा थारू बाहुल्य जिल्लालाई लक्षित गरेर समुदाय केन्द्रित गरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले मुक्त कमैया र कम्लहरीको सिप अभिवृद्धि तथा उच्च शिक्षाका लागि सहयोगका कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराए ।

थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोध सिंह थारुको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले कार्यक्रममा थारु समुदायको उत्थान, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रदेश सरकारले बजेटको आकारअनुसार सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गरेका छन् ।

लुम्बिनी प्रदेशभित्रका कम्लहरीका लागि उच्च शिक्षाका लागि सहायता, छात्रवृत्ति, सिकलसेल रोगको उपचार सहयोगलाई थारूले नियमित कार्यक्रमका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

सोही अनुसार कार्यक्रममा भुइयाँर थान निर्माण, बडघर संस्कृतिको संरक्षण तथा थारु भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउनुपर्ने विषयमा पनि जोड दिइएको थियो । थारु सभ्यताको संरक्षण प्रज्ञा प्रतिष्ठानमार्फत अघि बढाउने तयारीसमेत रहेको जनाइएको छ ।

पत्रकार सन्तोष दहितले थारु समुदायसँग सम्बन्धित विषयवस्तुमाथि कार्यक्रममा प्रकाश पारेका थिए । कार्यक्रममा थारु समुदायका अगुवाहरुकाे उल्लेखनीय रहेको सहभागीता थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]