२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

युद्ध विरामको बावजुद पनि लेवनानमा इजरायलीको आक्रमण १३ जनाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख १९, २०८३

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो ।

लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

यसै गरि जररियामा भएको अर्को आक्रमणहरूमा दुई जना महिलासहित चार जनाको मृत्यु भएको र थप चार जना घाइते भएको बताइएको छ ।

मन्त्रालयले तटीय सहर टायर नजिकै भएको आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएकोसमेत जनाएको छ ।

हबोसमा पनि इजरायलले यस अघिनै निकासी चेतावनी जारी गरिएको थियो ।

लेवनानी राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली लडाकु विमानहरूले चेतावनी दिएको एक घण्टा भन्दा पनि कम समयमा आक्रमण सुरु गरेको रिपोर्ट गरेको छ ।

इजरायली सेनाले इरान समर्थित समूहको युद्धविराम सम्झौताको उल्लङ्घन पछि हेजबुल्लाह विरुद्ध बल प्रयोग गर्ने जनाउदै स्थानीय बासिन्दाहरूलाई सहरबाट कम्तिमा एक किलोमिटर टाढा खुला क्षेत्रमा भाग्न आग्रह गरेको थियो ।

एनएनएले टायरसहित दक्षिण लेबनानका विभिन्न स्थानहरूमा इजरायली आक्रमण गोली प्रहार भएको पनि रिपोर्ट गरेको छ ।

इजरायल र हेजबोल्लाह बिचको लामो युद्ध रोक्न अप्रिल –१७ मा गरिएको युद्धविरामको बावजुद इजरायलले लेबनानमा घातक आक्रमणहरू जारी राखेको जनाइएको छ ।

युद्धविरामले इजरायललाई योजनाबद्ध, आक्रमणहरू विरुद्ध कार्य गर्ने अधिकार प्रदान गरेको छ ।

इजरायली सेनाले दक्षिणी सहर शामामा विस्फोट गरी यारुन सहरका “मठ मन्दिर र विद्यालय“ ध्वस्त पारेको एनएनएले जनाएको छ ।

अन्तर्राष्ट्रिय रेड क्रस र रेड क्रिसेन्ट सोसाइटी महासङ्घका राष्ट्रिय समाज विकास र समन्वयका लागि उपमहासचिव, जेभियर क्यास्टेलानोसले लेबनानी रेड क्रस स्वयंसेवकहरू मिसनमा जादा आफ्नो जीवन दाउमा राखेर काम गर्नु परेको बताएका छन्।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।