२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

दाङको देउखुरीमा दीप प्रज्वलन गरेर राप्ती प्रेस मञ्चले विश्व प्रेस स्वतन्त्रता दिवस मनायो :

Logo
बिदुर एमसी प्रकाशित सोमबार, बैशाख २१, २०८३

दाङ । भालुवाङ देउखुरी, लेख्ने र बोल्ने स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन् । कुनैपनि समयमा लोकतन्त्रमाथि कोही कसैले धावा बोल्ने काम गर्छभने त्यस्ता कुनैपनि कुरा स्वीकार्य नहुने बताइएको छ । नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश सदस्य ओम प्रकाश गुप्ताले सो कुरा बताएका हुन् ।

सञ्चार माध्यममा पत्रकारहरूलाई जिम्मेवार, तथ्यमा आधारित र सत्यनिष्ठ भएर आफ्नो कलम चलाउन आग्रह गरेका गुप्ताले राज्यले पनि पत्रकारहरूको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने दाबी गरेका छन् ।

दीप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनलेे “स्वतन्त्र प्रेस बिना लोकतन्त्र सुदृढ हुन नसक्ने ,” धारणा स्पष्ट पार्दै , “ पत्रकारलाई स्वतन्त्र र निर्धक्कका साथ भयरहित वातावरणमा कलम चलाउन दिनु राज्यको दायित्व हो ” भनेर ठोकुवा गरे ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइतवार साँझ राप्ती प्रेस मञ्चले लुम्बिनी प्रदेश सभा जाने बाटोमा आयोजना गरेको थियो । सोही दीप प्रज्वलन कार्यक्रममा सम्बोधन गर्ने क्रममा गुप्ताले सो कुराको खुलेर चर्चा गरेका थिए । मिडियामाथि हुने हस्तक्षेप, आक्रमण तथा विभेद अन्त्य गर्न र सबै सञ्चार माध्यमलाई समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

पत्रकारहरूको पेशागत हकहित, सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र सूचनामा पहुँच सुनिश्चित गर्न ठोस नीति तथा कार्यक्रम तर्जुमा गर्नपनि जोडदार माग गरेका छन् ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले नेपालमा प्रेस स्वतन्त्रता संवैधानिक रूपमा सुनिश्चित भएपनि व्यवहारिक रूपमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको यथार्थ अवस्था जाहेर गरेका छन् ।

पछिल्लो समय पत्रकारहरूलाई स्वतन्त्र रूपमा रिपोर्टिङ गर्ने वातावरण कमजोर बन्दै गएको प्रसंग चर्चा गर्दै चिन्ता व्यक्त गरेका छन् । “पत्रकारिता भनेको स्वतन्त्र र निष्पक्ष हुनुपर्ने सत्यता पनि औंल्याएका हुन् । यसैका लागि राज्यले सुरक्षित र सहज वातावरण सुनिश्चित गर्नुपर्छ,” सो दीप प्रज्वलन कार्यक्रमका वक्ताहरूको साझा धारणा आएको थियो ।

प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा एबिसी सञ्चार डटकमका सञ्चालक सागर थापा, मञ्चका कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सदस्य मोतीराम भट्टराई लगायतका वक्ताहरूले बोल्नु भएको थियो । मञ्चका सचिव देवेन्द्रराज कडेल (श्रीधर)को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन एबिसी सञ्चार डटकम अनलाइन, भण्डाफाेर टिमका समाचार प्रमुख एवम् मञ्चका सदस्य विदुर एम सीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरिया नगरपालिकामा बोक्सीको आरोपमा पूर्ववडा सदस्य दलित महिलालाई मुलमूत्र खुवाइएको छ। कटहरिया–९ की करिब ५५ वर्षीया पूर्ववडा सदस्य अंकलिया देवी मुसहरिनलाई स्थानीय केही व्यक्तिहरूले बलपूर्वक मानव मलमूत्र खुवाएको घटना सार्वजनिक भएको हो। घटना शनिबार साँझ करिब ७ बजे डूमरिया मुसहरी टोलको हो। छिमेकी पुकार माझीको घरमा बिहेको अवसरमा पर्साबाट आएको जन्तीमा सहभागी एक […]

दाङ । भालुवाङ मिडियालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य छैन् : प्रदेश सदस्य गुप्ता नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउनु भएको छ । उहाँले पत्रकारहरूलाई जिम्मेवार, तथ्यमा आधारित र सत्यनिष्ठ भएर काम गर्न आग्रह गर्दै राज्यले पनि […]

दाङ । देउखुरी, राप्ती गाउँपालिका–३ स्थित सिरिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको छैटौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भए पनि अधिवेशनमा सहमति जुट्न नसक्दा आइतबार दोस्रो दिन सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनबाट पुनः तुला गिरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। चयन भएका पदाधिकारी तथा सदस्यहरू यसप्रकार छन्: अध्यक्ष: तुला […]

error: Content is protected !!