१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

दाङको सिरिचौर खानेपानी समितिको अध्यक्षमा तुला गिरी पुनः सर्वसम्मत चयन,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, बैशाख २१, २०८३

दाङ । देउखुरी, राप्ती गाउँपालिका–३ स्थित सिरिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको छैटौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भए पनि अधिवेशनमा सहमति जुट्न नसक्दा आइतबार दोस्रो दिन सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ।
अधिवेशनबाट पुनः तुला गिरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। चयन भएका पदाधिकारी तथा सदस्यहरू यसप्रकार छन्:
अध्यक्ष: तुला गिरी
उपाध्यक्ष: लक्ष्मी पोखरेल
सचिव: सन्तोष अधिकारी
कोषाध्यक्ष: लुमबहादुर केसी
सदस्यहरू: रुद्रमणि शर्मा, रूपा गिरी, खेतुलाल बिष्ट, नामदेव भुसाल, भगवता मल्ल, छविलाल खनाल, टिका नेपाली, सावित्रा थापा र प्रमिला घर्ती।
उक्त कार्यक्रम शनिबार (२०८३ वैशाख १९ गते) कार्यालय नजिक रहेको शिव मन्दिर परिसरमा समितिका अध्यक्ष तुला गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]