दाङ । देउखुरी, राप्ती गाउँपालिका–३ स्थित सिरिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको छैटौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भए पनि अधिवेशनमा सहमति जुट्न नसक्दा आइतबार दोस्रो दिन सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ।
अधिवेशनबाट पुनः तुला गिरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। चयन भएका पदाधिकारी तथा सदस्यहरू यसप्रकार छन्:
अध्यक्ष: तुला गिरी
उपाध्यक्ष: लक्ष्मी पोखरेल
सचिव: सन्तोष अधिकारी
कोषाध्यक्ष: लुमबहादुर केसी
सदस्यहरू: रुद्रमणि शर्मा, रूपा गिरी, खेतुलाल बिष्ट, नामदेव भुसाल, भगवता मल्ल, छविलाल खनाल, टिका नेपाली, सावित्रा थापा र प्रमिला घर्ती।
उक्त कार्यक्रम शनिबार (२०८३ वैशाख १९ गते) कार्यालय नजिक रहेको शिव मन्दिर परिसरमा समितिका अध्यक्ष तुला गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो।