१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा राप्ती प्रेस मञ्चद्धारा दाङको देउखुरीमा दिप प्रज्वलन,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, बैशाख २१, २०८३

दाङ । भालुवाङ मिडियालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य छैन् : प्रदेश सदस्य गुप्ता नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउनु भएको छ ।

उहाँले पत्रकारहरूलाई जिम्मेवार, तथ्यमा आधारित र सत्यनिष्ठ भएर काम गर्न आग्रह गर्दै राज्यले पनि पत्रकारहरूको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताउनुभयो ।

“स्वतन्त्र प्रेस बिना लोकतन्त्र सुदृढ हुन सक्दैन,” उहाँले भन्नुभयो, “त्यसैले पत्रकारलाई स्वतन्त्र र निर्धक्कका साथ काम गर्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो ।”
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइतवार राप्ती प्रेस मञ्चले लुम्बिनी प्रदेश सभा जाने बाटोमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रमलाइृ सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । उहाँले मिडियामाथि हुने हस्तक्षेप, आक्रमण तथा विभेद अन्त्य गर्न र सबै सञ्चार माध्यमलाई समान व्यवहार गर्न सरकारसँग माग समेत गर्नु भयो । साथै पत्रकारहरूको पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र सूचना पहुँच सुनिश्चित गर्न ठोस नीति तथा कार्यक्रम ल्याउन पनि आग्रह समेत गर्नुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले नेपालमा प्रेस स्वतन्त्रता संवैधानिक रूपमा सुनिश्चित भए पनि व्यवहारिक रूपमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताउनु भएको छ ।

उहाँहरूले पछिल्लो समय पत्रकारहरूलाई स्वतन्त्र रूपमा रिपोर्टिङ गर्ने वातावरण कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनका लागि राज्यले सुरक्षित र सहज वातावरण सुनिश्चित गर्नुपर्छ,” वक्ताहरूको साझा भनाइ थियो । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो कार्यक्रममा एबिसी सञ्चार डटकमका सञ्चालक सागर थापा, मञ्चका कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सदस्य मोतीराम भट्टराई लगायतका वक्ताहरूले बोल्नु भएको थियो । मञ्चका सचिव देवेन्द्रराज कडेल (श्रीधर)को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका सदस्य विदुर एमसीले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]