१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

आवासको सुनिश्चित गरेर मात्र सुकुमवासी बस्ती खाली गरिएको हो,प्रधानमन्त्री वालेन्द्र शाह

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख २१, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले सुकुमवासी बस्ती खाली गरिएको बताएका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नागरिकहरूलाई हटाउने उद्देश्यले सुकुमवासी बस्ती खाली नगरिएको प्रष्ट्याएका हुन् ।

‘नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्,’ प्रधानमन्त्रीले भनेका छन्, ‘त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ ।’

सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको भन्दै उनले कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिइने पनि जिकिर गरेका छन् ।

दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत् खारेज गरिएको प्रधानमन्त्री बालेनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]