बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो।
घटना विवरण:
नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका लागि लैजान लागिएको सूचना प्राप्त भएपछि भोरिल सनातनी ज्यूको अगुवाईमा रहेको हिन्दू सम्राट सेनाको टिमले बन्दीपुरमा सो ट्रकलाई रोकेर छानबिन गरेको थियो। छानबिनका क्रममा ट्रकभित्र अमानवीय ढंगले गौवंशहरू खाँदिएको फेला परेको थियो।
तस्करहरूले उक्त गौवंशलाई “कृषि फार्म” का लागि लैजान लागिएको भनी कानुनी दाउपेच देखाउन खोजे तापनि, ती गौवंश बंगलादेशमा मासुका लागि लैजान लागिएको ठोस जानकारी हिन्दू सम्राट सेनाको टिमले फेला पारेको छ।
कानुनी कारबाही:
तस्करहरूले उम्किनका लागि विभिन्न प्रलोभन र अनुरोध गरे तापनि भोरिल सनातनीको टिमले त्यसलाई ठाडै अस्वीकार गर्दै उक्त ट्रक र तस्करहरूलाई इलाका प्रहरी कार्यालय, बन्दीपुरको जिम्मा लगाएको छ। हिन्दू सम्राट सेनाले अपराधीहरूलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न र आगामी दिनमा यस्ता कार्य दोहोरिन नदिने सर्तमा कानुनी प्रक्रिया अगाडि बढाउन माग गरेको छ।
गौवंश संरक्षणका लागि ज्यानको जोखिम मोलेर राति १ बजे राजमार्गमा खटिनुहुने भोरिल सनातनी र उहाँको सम्पूर्ण टिमप्रति हिन्दू सम्राट सेना उच्च सम्मान व्यक्त गर्दछ ।