२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कर्मचारी निलम्बनका विषयमा अस्पताल प्रशासनले छानबिन गर्ने :राप्ती प्रेस मञ्चले गर्‍यो स्थलगत रिपोर्टिङ,

Logo
बिदुर एमसी प्रकाशित बुधबार, बैशाख २३, २०८३

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ ।

अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई कामबाट हटाइएको जानकारी गराएको थियो । सोही विषयमा मञ्चको एक टोलीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ( मेसु )डा. सुशील केसीमार्फत आवश्यक जानकारी लिएको छ ।

मेसु डाक्टर केसीले बताए अनुसार ती कर्मचारीले गत चैत ३० गते र वैशाख १ गतेगरी दुईदिन अस्पतालको काउण्टरबाट संकलन हुन आएको जम्मा रकम मध्ये १३ हजार ३ सय ९५ रुपैयाँ अस्पतालको बैंक खातामा जम्मा गरेनन् । त्यही कुरा कारोवारको लेखा राख्ने क्रममा जानकारी भएपछि जम्मा हुनुपर्ने रकममध्ये उपरोक्त बाँकी रकम संलग्न कर्मचारीहरुबाट असुल उपर गर्‍यो ।

ती ब्यक्तिहरुसित अस्पताल प्रशासनले गरेको सेवा करार मिति २०८३ वैशाख ८ गते नै खारेज गर्‍यो । त्यही दिनदेखि नै उनीहरूलाई करार सेवाको जागिरबाट अस्पताल प्रमुख स्तरीय निर्णयवाट हटाइएको जानकारी गराएका छन् ।

देउखुरीको सो अस्पतालबाट प्रवाह हुने सेवा र वित्तीय अनुशासन कायम गर्ने शिलशिलामा आफूहरू सदैव स्पष्ट,पारदर्शी, जवाफदेही र सजग रहेको डाक्टर केसीले उल्लेख गरेका छन् । पत्रकारसँग गरिएको संवादमा डा. केसीले निलम्बित ती कर्मचारीहरूले मेसु र प्रशासन शाखा प्रमुखलाई लगाउँदै आएको आरोप तथ्यहिन र झुठो रहेको दाबी गरेका छन् ।

आफूलाई अस्पताल प्रशासनले गरेको निर्णय चित्त नबुझे सम्बन्धित निकायमा उजुरी दिन सक्ने र आवश्यक परेमा त्यसको जावफ दिन अस्पताल तत्पर छ, डा. केसीले जानकारी गराए । उक्त विषयमा अस्पताल प्रशासनले छानबिनका लागि समिति गठन गर्न तयार रहेको समेत बताएका छन् ।

सर्वोदय माविमा पनि रिपोर्टिङ : माविको १६ बिघा जग्गा अहिलेसम्म बेखबर,

रिपोर्टिङका क्रममा टोलीले राप्ती गाउँपालिका-५ सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयको पनि रिपोर्टिङ गरेको छ । सोही क्रममा विद्यालयको नाममा २८बिघा जग्गा रहेको जानकारीमा आएको छ ।

विद्यालयमा उपलब्ध कागजातका आधारमा १२ बिघा जमिन विद्यालयको अधिकारमा छ । बाँकी १६ बिघा जग्गा अहिलेसम्म जानकारीमा नभएकोले त्यसको खोजीमा लागेको विद्यालयका शिक्षकहरुबाट थाहा भएको छ ।

अभिभावक भेलाको निर्णय बिना अवैध तरिकाले विभिन्न शिर्षकमा भर्नाका नाममा शुल्क अशुल्दै आएको फेला लिइएको तथ्य पनि बाहिरिएको छ । त्यसै विषयमा विद्यालयका प्रधानाध्यापक विनोद कुमार गुप्तासित हामीले जिज्ञासा राखेका थियौं ।

विभिन्न कारणले समयमै विद्यालयको अभिभावक भेला राख्न संभावना नभएकोले विद्यालय व्यवस्थापन, शिक्षा शाखा र केही अभिभावकसँगको मौखिक सल्लाहमा शुल्क लिएको बताए । विद्यालयले सो शुल्क बाध्य भएर लिन परेको र त्यसलाई वैधानिकता दिन वैशाख महिना अन्त्यमा अभिभावक भेला गरेर निर्णय गरिने प्रतिक्रिया दिएका छन् ।

मञ्चका कार्यवाहक अध्यक्ष ( वरिष्ठ उपाध्यक्ष ) सन्तोष कुमार गुप्ताले नेतृत्व गरेको सो टोलीमा मञ्चका महिला उपाध्यक्ष हुमा सुनार, महासचिव ओमप्रकाश गुप्ता, सह – काेषाध्यक्ष लालमणी भुसाल, सचिव देवेन्द्रराज ( श्रीधर ) कँडेल र मञ्चका सदस्य बिदुर एम सीले सामुहिक रूपमा स्थलगत रिपोर्टिङ गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]