२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँके एसपी अंगुर जिसीको कडा निर्देशनमा: विशालको हत्यामा संलग्न ६ जना २४ घण्टा भित्रै पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख २४, २०८३

बाँके । *घटना विवरण:*
– *मृतक*: विशाल चन्द ठकुरी
– *घटना*: समूहबीच झडप हुँदा बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण
– *समय*: मंगलबार बिहान करिब ५:०० बजे लम्कीचुहाबाट आएका साथीहरूसँग पुनः झडप भएको
– *मृत्यु*: ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याएर फेरि आक्रमण गर्दा बाटोमै ढले। सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा बिहान ६:०० बजे मृत घोषणा
– *अर्का घाइते*: जुम्ला चन्दननाथ–४ का २० वर्षीय योगेन्द्र कामी, उपचारपछि डिस्चार्ज

*प्रहरी कारबाही:*
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर  जिसीको कडा निर्देशन पछी प्रहरीले २४ घण्टा नबित्दै हत्यामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

बाँके प्रहरीले पछिल्लो समय भन्सार छली, हत्या, तोडफोड जस्ता घटनामा छिटो अनुसन्धान गरी संलग्नलाई पक्राउ गर्दै आएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।