२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

अमेरिका र इरानबिच हानाहान पछि एसियामा कच्चा तेलको मूल्य फेरि बढयो, नेपालमा पनि बढन सक्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख २५, २०८३

एजेन्सी । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रति ब्यारेल २.६ प्रतिशत ले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ।

बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो।

इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण गरिएका जहाजमा तीन अमेरिकी विध्वंसक थिए, त्यसैले ती बिनाक्षति होर्मुजबाट निस्किए। प्रतिआक्रमणमा इरानका धेरैवटा साना डुंगा पूर्ण रूपमा नष्ट भएका छन् र अमेरिकी जहाजविरुद्ध प्रहार गरिएका मिसाइल सजिलै खसालियो।’

अर्कातर्फ इरानी सेनाले अमेरिकालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। र कडा जवाफ दिइने चेतावनी दिएको छ।

केही हप्तादेखि इरान र अमेरिकाबिच युद्धविराम भएको भए पनि यो घटनाले फेरि युद्ध चर्किने खतरा बढेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रति ब्यारेल २.६ प्रतिशत ले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो। इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण […]

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

error: Content is protected !!