२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालका लागि स्वीस सहयोग प्रमुख मायरसित लुम्बिनीका मुख्यमन्त्री आचार्यको औपचारिक भेटघाट :

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, जेठ ०१, २०८३

 

दाङ । नेपालका लागि स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसित औपचारिक तथा शिष्टाचार भेटघाट गरेका छन् । भेटका क्रममा दुबै पक्षहरूले नेपालमा प्राविधिक शिक्षा र संघीयता मजबूतीका लागि एकापसमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार अपरान्ह मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका देउखुरीमा मायरसित भएको भेट र कुराकानीमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई समृद्ध – सुदृढ बनाउन प्राविधिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् । सक्षम र दक्ष जनशक्ति तयार गर्दै मुख्यमन्त्री आचार्यले नयाँ उत्पादनमूलक र सीपमूलक शिक्षाले नै प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई अगाडि बढाउन सकिने जिकिर गरेका छन् ।

साथै आचार्यले संघीयता सुदृढीकरणका लागि प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका हुन् । प्रदेशहरुलाई अझ सुदृढीकरण बनाउने गरी भूमिका विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै अन्तरप्रदेश समन्वय बढाउन लुम्बिनी प्रदेशले पहल गरिरहेको जानकारी गराएका छन् । त्यसका लागि समुदायमा रहेका सबै पक्षहरूले गम्भीर भएर काममा लाग्नुपर्ने उनको सुझाव छ ।

सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच गोलमेच सम्मेलन आयोजना गर्ने तथा साझा छलफलको वातावरण निर्माण भएको समेत मुख्यमन्त्री आचार्यले खुशी व्यक्त गरे ।

संघीयता अनुरुपको शासन प्रणाली प्रभावकारी बनाउन तीनवटै तहका सरकारबीच समन्वय अझ कोशे ढुंगो हुनुपर्ने उनको भनाइ थियो । हाल नेपाल भ्रमणमा रहेका स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले नेपालसित स्वीस सरकारको मैत्रीपूर्ण सम्बन्ध रहेकाे, संघीयताकाे सुदृढीकरण, नव प्रवर्तनकाे क्षेत्रमा सहकार्यले निरन्तरता पाएकाे चर्चा गरेका छन् ।

भेटघाट तथा कुराकानीका क्रममा आर्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लिराज अर्यालको समेत सहभागिता रहेको थियो ।

त्यसैगरी भेटवार्ताका क्रममा नेपाल र स्विट्जरल्याण्ड बीचको मैत्रीपूर्ण सम्बन्ध, नव प्रवर्तन, प्राविधिक शिक्षा तथा दक्ष जनशक्ति उत्पादनका विषयमा समेत गहन छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]