बाँके । नेपाल रेडक्रस सोसाइटी गेरुवा उप–शाखा र रक्तदाता समाज गेरुवाको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकी प्रहरी कर्मचारीहरूको समेत सक्रिय सहभागिता देखिएको थियो। कार्यक्रममा सहभागीहरूले रक्तदानलाई मानव सेवाको सबैभन्दा ठूलो कार्यका रूपमा लिँदै नियमित रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए।
आयोजकका अनुसार कार्यक्रमले समाजमा मानवता, सहयोग र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गरेको छ। साथै, प्रहरीको भूमिका केवल सुरक्षा व्यवस्थामा मात्र सीमित नभई सामाजिक तथा मानवीय सेवामा समेत अग्रसर रहेको सन्देश कार्यक्रममार्फत दिइएको छ।