१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

रक्तदान जीवनदान”भन्ने नारालाई आत्मसात गर्दै बाँकेको गेरुवामा तेस्रो बृहत् रक्तदान कार्यक्रम सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ०१, २०८३

बाँके । नेपाल रेडक्रस सोसाइटी गेरुवा उप–शाखा र रक्तदाता समाज गेरुवाको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकी प्रहरी कर्मचारीहरूको समेत सक्रिय सहभागिता देखिएको थियो। कार्यक्रममा सहभागीहरूले रक्तदानलाई मानव सेवाको सबैभन्दा ठूलो कार्यका रूपमा लिँदै नियमित रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए।

आयोजकका अनुसार कार्यक्रमले समाजमा मानवता, सहयोग र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गरेको छ। साथै, प्रहरीको भूमिका केवल सुरक्षा व्यवस्थामा मात्र सीमित नभई सामाजिक तथा मानवीय सेवामा समेत अग्रसर रहेको सन्देश कार्यक्रममार्फत दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]