२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

बुटवलमा लागु औषध प्रयोग कर्ताको लागि निशुल्क मनोसमाजिक परामर्श भवन IGP : खनालबाट उद्घाटन

Logo
प्रकाशित शुक्रबार, माघ २४, २०७६

सागर थापा रुपन्देही माघ २४ नेपाल प्रहरी र बुटवल उपमहानगरपालिकाको सहकार्यमा बुटवल उपमहानगरपालिका-५ स्थित हाटबजारमा संचालन हुन लागेको लागूऔषध प्रयोगकर्ता लगायतका लागि कानूनी तथा मनोसामाजिक नि:शुल्क परामर्श केन्द्र उद्घाटन भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बिहीबार आयोजित कार्यक्रमवीच उक्त केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले लागूऔषधको समस्याले विकराल रुप लिइरहेको अवस्थामा समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुरुप नेपाल प्रहरीले स्थानीय तहसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताउनुभयो । उक्त परामर्श केन्द्रको माध्यमबाट सामाजिक अभियन्ताहरुले गाउँगाउँमा गई लागूऔषध विरुद्ध सूचना तथा कार्यक्रमहरु गर्नको लागि ठुलो टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
विगत १५ वर्षे इतिहासमा सबैभन्दा धेरै लागूऔषध बरामद तथा संलग्न व्यक्तिहरु पक्राउ गर्न नेपाल प्रहरी सफल भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सबै स्थानीय तह तथा समुदायको सहयोग, सहकार्य एवम् सामूहिक प्रयासमा लागूऔषध दुर्व्यसनीबाट समाज मुक्त हुनसक्ने उल्लेख गर्नुभयो । लागूऔषध करोबारी विरुद्ध कानुनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाई प्रहरी अझ आक्रामकरुपमा प्रस्तुत भइरहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘लागूऔषध कारोबारीहरु अपराधी मात्र नभएर महाअपराधी हुन् । यिनीहरुलाई नियन्त्रण गर्ने मात्र होइन अब निस्तेज पार्नुपर्छ ।’
कानून कार्यान्वय गर्ने क्रममा सबै निकायहरु निर्भिक भएर काम गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले सूचना संयन्त्रलाई मार्ग प्रशस्त गर्न नेपाल प्रहरी र जनतावीच सार्वजनिक सुनुवाईको माध्यमबाट अपराधलाई न्यूनीकरण गर्नेतर्फ अगाडि बढ्नुपर्ने, हाल प्रहरी र नागरिकवीच समन्वय हुँदा नागरिकहरु प्रष्टरुपमा प्रहरी कार्यालयमा आई अपराधको सूचना दिने क्रम बढेको चर्चा गर्नुभयो । यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडि बढाएमा समाज अपराध रहित बन्न सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा ५ नम्बर प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले परामर्श केन्द्रले प्रभावकारी रुपमा काम गरेमा समाजलाई समृद्धितर्फ अगाडि बढाउन सकिने उल्लेख गर्दै यस कार्यमा सहयोग, समन्वय र सहकार्य गर्न आफूहरु तत्पर रहेको बताउनुभयो ।
उक्त अवसरमा कार्यक्रमका सभाध्यक्ष बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले परामर्श केन्द्रबाट गरिने सेवालाई अझ प्रभावकारी रुपमा अगाडि बढाई अपराधरहित समाजको निर्माणमा ठुलो योगदान पुग्ने बताउनुभयो । लागूऔषधको कुलतबाट आक्रान्त समाजलाई सुधार गरी समृद्धितर्फ लैजान सँधै अग्रसर रहने तथा नेपाल प्रहरी र स्थानीय तहवीचको सहकार्य तथा समन्वयलाई अझ प्रभावकारी ढंगले परिचालन गरी बुटवल नगरक्षेत्रलाई अपराधमुक्त नगरको रुपमा परिचित गराउने अभियानमा आफूहरु लागेको उहाँले चर्चा गर्नुभयो ।
लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले परामर्श केन्द्र संचालनको औचित्यबारे जानकारी गराउनु भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, अमर सहिद प्रहरीका राष्ट्रिय अध्यक्ष रिता सेन र पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले समेत कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरु, बुटवलस्थित लागूऔषध रोकथामका क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिहरु, स्थानीय जनप्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मी लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ईजरायल । मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्। अमेरिका र इजरायल समर्थित गाजा […]

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप भएपछि जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो। साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि […]

  इजरायल । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय अपार्टमेन्टमा इजरायली हवाई आक्रमणका कारण गाजा शहरमा तीन जनाको मृत्यु […]

error: Content is protected !!