३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

बुटवलमा लागु औषध प्रयोग कर्ताको लागि निशुल्क मनोसमाजिक परामर्श भवन IGP : खनालबाट उद्घाटन

Logo
प्रकाशित शुक्रबार, माघ २४, २०७६

सागर थापा रुपन्देही माघ २४ नेपाल प्रहरी र बुटवल उपमहानगरपालिकाको सहकार्यमा बुटवल उपमहानगरपालिका-५ स्थित हाटबजारमा संचालन हुन लागेको लागूऔषध प्रयोगकर्ता लगायतका लागि कानूनी तथा मनोसामाजिक नि:शुल्क परामर्श केन्द्र उद्घाटन भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बिहीबार आयोजित कार्यक्रमवीच उक्त केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले लागूऔषधको समस्याले विकराल रुप लिइरहेको अवस्थामा समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुरुप नेपाल प्रहरीले स्थानीय तहसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताउनुभयो । उक्त परामर्श केन्द्रको माध्यमबाट सामाजिक अभियन्ताहरुले गाउँगाउँमा गई लागूऔषध विरुद्ध सूचना तथा कार्यक्रमहरु गर्नको लागि ठुलो टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
विगत १५ वर्षे इतिहासमा सबैभन्दा धेरै लागूऔषध बरामद तथा संलग्न व्यक्तिहरु पक्राउ गर्न नेपाल प्रहरी सफल भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सबै स्थानीय तह तथा समुदायको सहयोग, सहकार्य एवम् सामूहिक प्रयासमा लागूऔषध दुर्व्यसनीबाट समाज मुक्त हुनसक्ने उल्लेख गर्नुभयो । लागूऔषध करोबारी विरुद्ध कानुनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाई प्रहरी अझ आक्रामकरुपमा प्रस्तुत भइरहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘लागूऔषध कारोबारीहरु अपराधी मात्र नभएर महाअपराधी हुन् । यिनीहरुलाई नियन्त्रण गर्ने मात्र होइन अब निस्तेज पार्नुपर्छ ।’
कानून कार्यान्वय गर्ने क्रममा सबै निकायहरु निर्भिक भएर काम गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले सूचना संयन्त्रलाई मार्ग प्रशस्त गर्न नेपाल प्रहरी र जनतावीच सार्वजनिक सुनुवाईको माध्यमबाट अपराधलाई न्यूनीकरण गर्नेतर्फ अगाडि बढ्नुपर्ने, हाल प्रहरी र नागरिकवीच समन्वय हुँदा नागरिकहरु प्रष्टरुपमा प्रहरी कार्यालयमा आई अपराधको सूचना दिने क्रम बढेको चर्चा गर्नुभयो । यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडि बढाएमा समाज अपराध रहित बन्न सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा ५ नम्बर प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले परामर्श केन्द्रले प्रभावकारी रुपमा काम गरेमा समाजलाई समृद्धितर्फ अगाडि बढाउन सकिने उल्लेख गर्दै यस कार्यमा सहयोग, समन्वय र सहकार्य गर्न आफूहरु तत्पर रहेको बताउनुभयो ।
उक्त अवसरमा कार्यक्रमका सभाध्यक्ष बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले परामर्श केन्द्रबाट गरिने सेवालाई अझ प्रभावकारी रुपमा अगाडि बढाई अपराधरहित समाजको निर्माणमा ठुलो योगदान पुग्ने बताउनुभयो । लागूऔषधको कुलतबाट आक्रान्त समाजलाई सुधार गरी समृद्धितर्फ लैजान सँधै अग्रसर रहने तथा नेपाल प्रहरी र स्थानीय तहवीचको सहकार्य तथा समन्वयलाई अझ प्रभावकारी ढंगले परिचालन गरी बुटवल नगरक्षेत्रलाई अपराधमुक्त नगरको रुपमा परिचित गराउने अभियानमा आफूहरु लागेको उहाँले चर्चा गर्नुभयो ।
लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले परामर्श केन्द्र संचालनको औचित्यबारे जानकारी गराउनु भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, अमर सहिद प्रहरीका राष्ट्रिय अध्यक्ष रिता सेन र पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले समेत कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरु, बुटवलस्थित लागूऔषध रोकथामका क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिहरु, स्थानीय जनप्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मी लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!