२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

सल्यान प्रहरीले दुर्घटना रोक्न टाइम कार्ड लागू गरेयो

Logo
प्रकाशित शुक्रबार, माघ २४, २०७६

(सागर थापा)
सल्यान माघ २४ सवारी दुर्घटना कम गर्न जाजरकोट सल्यान सुर्खेत सडक खण्डमा टाइम कार्ड लागू गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको पहलमा जिल्ला प्रहरी कार्यालय जाजरकोट र सल्यानको सहकार्यमा टाइम कार्ड लागू भएको हो ।
उक्त सडक खण्ड सडक साँघुरो र कच्ची भएका कारण टाइम कार्ड लागू गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन। साँघुरो सडक खण्डमा तीब्र रुपले गाडी गुड्ने भएपछि दुर्घटना उच्च रहेको भन्दै न्यूनीकरण गर्न यस्तो उपाय अघि सारिएको हो ।
टाइम कार्डमा लागू भएको समयभन्दा पहिला नै गन्तव्यमा पुगेको पाइएमा जरिबाना समेत गरिने डिएसपी खतिवडाले जानकारी दिनुभयो । उहाँले तोकिएको समयसम्म सवारी साधन रोकेर मात्र गन्तव्यका लागि छोड्ने जानकारी डिएसपी खतिवडाले दिनुभएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]