०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

दाङमा चट्याङ लागेर दुई बालबालिका सहित तिन जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, माघ २५, २०७६

दाङ माघ २५ दाङमा चट्याङ लागेर दुई बालबालिका सहित तिन जनाको ज्यान गएको दाङ प्रहरीले बताएको छ । शनिवार दिउँसो परेको चट्याङ लागेर तुलसीपुर ७ जितपुर निवासी ५१ वर्षिया लक्ष्मी आचार्य र सोहि ठाउँ बस्ने ६ वर्षिया बालिका श्रृष्टी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ । चट्याङ लागेर गम्भिर घाईते भएका दुवै जनाको राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरमा उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ । यस्तै उता घोराही उपमहानगरपालिका वडा नम्वर ११ हापुर बस्ने सुर्य बहादुर पुरीका ८ वर्षिय छोरा तारा बहादुर पुरीको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दिउँसो साढे एक बजे घर आँगनमै खेलिरहेको अवस्थामा चट्याङ लाग्दा गम्भिर घाईते भएका बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको निधन भएको एसपी भट्टराईले बताएको छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।