२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा चट्याङ लागेर दुई बालबालिका सहित तिन जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, माघ २५, २०७६

दाङ माघ २५ दाङमा चट्याङ लागेर दुई बालबालिका सहित तिन जनाको ज्यान गएको दाङ प्रहरीले बताएको छ । शनिवार दिउँसो परेको चट्याङ लागेर तुलसीपुर ७ जितपुर निवासी ५१ वर्षिया लक्ष्मी आचार्य र सोहि ठाउँ बस्ने ६ वर्षिया बालिका श्रृष्टी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ । चट्याङ लागेर गम्भिर घाईते भएका दुवै जनाको राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरमा उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ । यस्तै उता घोराही उपमहानगरपालिका वडा नम्वर ११ हापुर बस्ने सुर्य बहादुर पुरीका ८ वर्षिय छोरा तारा बहादुर पुरीको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दिउँसो साढे एक बजे घर आँगनमै खेलिरहेको अवस्थामा चट्याङ लाग्दा गम्भिर घाईते भएका बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको निधन भएको एसपी भट्टराईले बताएको छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]