१७ जेठ २०८१, बिहिबार
30-05-2024 , Thu
×

बाँके प्रहरीको कार्वाही सुरु माघ महिनासम्म १५९ जना लागुऔषध कारोवारीलाई पक्राउ गर्यो

Logo
प्रकाशित आइतबार, माघ २६, २०७६

(सागर थापा/महेन्द्र सिंह)
बाँके माघ २६ जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको माघ महिनासम्म १५९ लागु औषध कारोवारीलाई नियन्त्रणमा लिएको जनाएको छ । आईतबार पत्रकार सम्मेलन मार्फत प्रहरीले १ सय ८ मुद्धामा ६ भारतीय नागरीकसहित १ सय ५९ जनालाई पक्राउ गरीएको जनाएको हो । जसमध्ये ५ महिला र १ सय ४८ नेपाली नागरीक रहेका छन ।
चालु आवको हालसम्म ६०८ ग्राम ७४५ मिलिग्राम ब्राउनसुगर, ९९० ग्राम चरेश, ४ किलो अफिम, ४ किलो ७७५ ग्राम गाँजा, ३ सय एम.एल. कोरेक्स, २ हजार ६ सय १२ ट्याब्लेट नाईट्राजेपाम, २ सय १० पिस ट्रामाटस र २ सय ९५ पिस एम्पुल सहित १ सय ५९ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी बिर बहादुर वलीले जानकारी दिए ।
बाँके प्रहरीले आ.व. ०७३/०७४ मा १३७ आगुऔषध मुद्धामा १ सय ८०, आव ०७४/०७५ मा १४५ मुद्धामा ३१० र आव ०७५/०७६ मा २४९ मुद्धामा ३७६ जना लागु औषध कारोवारी तथा प्रयोगकर्ता नियन्त्रणमा लिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरीएको छ ।
दिदिभाई नै लागु औषध कारोवारी
बाँके प्रहरीले शनिबार ठूलो परिमाणको प्रतिबन्धित लागू औषध ब्राउन सुगर र प्रतिबन्धित ईन्जेक्सनसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट नेपालगञ्ज आउदै गरेका भारतीय नागरिकबाट २ सय ग्राम र नेपाली नागरिकबाट १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटेको संयुक्त टोलीले भे ९ प ६५२९ नंम्बरको स्कुटीको अगाडिको टायर कभरमा लुकाएर १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर लिएर नेपाल आउदै गरेको अवस्थामा कैलाली टिकापुर नगरपालिका वडा नं. १ का विष्णु पुरी र शिवराज पुरी पक्राउ गरेको हो । पक्राउ पर्नेहरु नातामा दिदिभाई भएको प्रहरीले जनाएको छ ।
शनिबार बेलुका भारतको जिल्ला बहराईच थाना मोतिनगरका २५ बर्षिय अब्दुल रसिद नामका चाँद बाबुलाई २ सय ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको थियो । जमुनाहा प्रहरीले चेकजाँच गर्दा मोटरसाईकलको हेल्मेटमा ब्राउन सुगर फेला परेको थियो ।
यसैबीच आईतबार बिहानै बाँके प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित इन्जेक्सन सहित एक जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय नेपालगन्ज जमुनाहका प्रहरी प्रमुख माधव रिजालका अनुसार नेपालगञ्ज-२ घरबारीटोलका २२ बर्षिय नगेन्द्र रानालाई डाईजेपाम ९५, लोरी १ सय र ईमिमिग्रेन १ सय पिस ईन्जेक्सन सेरेलेक्स र सोनपापडि मिठाईको बट्टामा प्याकिङ्ग गरी ल्याउदै गरेको अवस्थमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
तरवारसहित ३ जना पक्राउ
बाँके प्रहरीले माघ २५ गते (शनिबार) धारीलो हरीयार लरवार सहित नेपालगन्जबाट ३ जना युवालाई नियन्त्रणमा लिएको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ घरवारी टोल बस्ने बिशाल सुनारलाई कुटपिट गरी फरार भएका सोही ठाँउ निवासी सुवास शाही, सद्दाव अहमद, जिवन आर.सी. धारीलो हरीयार सहित पक्राउ परेका हुन । उनिहरुलाई अभद्र ब्यवहार कसुरमा अनुसन्धान भईरहेको बाँके प्रहरी प्रमुख एसपी वलीले जनाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                प्रहरीले दैलेखको दुल्लुबाट बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ । दुल्लु नगरपालिका–१२ दहसुनार घर भएका २६ वर्षीय गणेश सुनारलाई […]

(रोशन निधि) बारा । जिल्लाको १६ पालिका मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम सबैभन्दा बढी देखिएको छ भने परवानीपुर गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । १६ वटा पालिका रहेको बारामा सिम्रौनगढ नगरपालिका बाहेकको अन्य १५ पालिकाको कुल बेरुजु रकम ७३ करोड ४७ लाख ३६ हजार रुपैयाँ रहेको छ ।भने महालेखा प्रतिवेदनमा सिम्रौनगढ नगरपालिकाको विवरण उल्लेख […]

(ABC-Sanchar) काठमाडौं । न्युरोड क्षेत्रको पैदलमार्ग विस्तार गर्ने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध बुधबार पनि स्थानीयसहित जनप्रतिनिधिले विरोध गरेका छन् । बिहान ७ बजे नै करिब दुई सय नगर प्रहरीको दलबलसहित काम गर्न पुगेको निर्माण कम्पनी स्थानीयको विरोधपछि फर्किएको छ । उक्त क्षेत्रमा निर्माण कम्पनीलाई काम गर्न नदिन स्थानीयसहित जनप्रतिनिधिले २४सै घन्टा पहरेदारी गरिरहेका छन् । वडा नम्बर २२ का […]