१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

सल्यान प्रहरीको ६ महिनामा उदाहरणीय कार्यहरु यस्तो छ

Logo
प्रकाशित सोमबार, माघ २७, २०७६

सागर थापा (क्राईमबिट)
सल्यान माघ २७ जिल्ला प्रहरी कार्यालय सल्यानमा २०७६ साल भदौ १८ गते सरुवा भएर जिल्ला प्रहरी कार्यालय सल्यानमा आउनु भएका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले कार्यालय मात्र हैन सल्यानी जनताका लागि दिर्घकालिन प्रभाव पर्नेखालका अभियानहरु सञ्चालन गरेर उदाहरणीय बन्न सफल भएका छन।
आफु सरुवा भएर आएको ६ महिना पुरा नहुदै आफनो प्रहरी संयन्त्र, यातायात व्यवस्था, शान्ति सुरक्षा, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सरोकारवालाहरुसंगको समन्वयमा विभिन्न अभियानहरु सञ्चालन गर्नका लागि जिल्ला प्रहरी कार्यालय सल्यानले अग्रणी भुमिका खेलिरहेको छ । जिल्लाका विभिन्न स्थानहरुमा उत्पादन हुने अबैध मदिरा नियन्त्रणका गर्नका लागि प्रहरीले अभियान नै सञ्चालन गर्यो ।
घरेलु मदिरा नियन्त्रणका लागि अभियान चलाउदै गर्दा केही पक्षहरुले नकारात्मक कुराहरु गरेपनि प्रहरी भने त्यस अभियानमा प्रतिवद्ध भएर लागिरहकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी खतिवडा वताउछन घरेलु हिंसामा न्युनिकरण गर्नु नै थियो यसमा केही मानिसहरुले अन्य मदिरा विक्रि गर्न पाइने घरेलु मदिरा किन नियन्त्रण गर्ने भन्ने कुरा गरे तर प्रहरीको काम भनेको कानुनको पालना गराउन राज्यलाई सहयोग गर्नु हो हामी त्यहि कार्य गर्छौ खतिवडाले भने ।
बालविवाह न्युनिकरणका लागि अभियान सञ्चालन गरेको प्रहरीले हरेक क्षेत्रबाट यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने उद्देश्यले जनचेतनामुलक कार्य त छदैछ त्यसमा पनि यसलाई अभियानका रुपमा सञ्चालन गर्नका लागि पुरेत, पास्टरलाई विवाह गर्न आउने जोडीलाई जन्मदर्ता अनिवार्य उपलव्ध गराएमात्रै विवाह गराइदिने अन्यथा गर्दैनौ भनेर जिल्ला प्रहरी कार्यालयमै सहिछाप गराएर प्रतिवद्धता व्यक्त गर्न लगाएको खतिवडाको भनाई छ । “हामीले बालविवाह रोक्नै लागि जिल्लामा सञ्चालन भएका ७ वटा प्रेस तथा छापाखानामा बिवाह सम्वन्धी कार्ड तथा अन्य कुनै सामाग्रीहरु छपाउनुपरेमा अनिवार्य जन्मदर्ता प्रमाणपत्र उपलव्ध गराउनुपर्ने अन्यथा विवाहको कार्ड नछाप्ने प्रतिवद्धतामा औला छाप सहित प्रतिवद्धता गराएका छौ ।प्रहरी प्रमुख डिएसपी खतिवडाले भने ।
यति मात्र नभएर जिल्लाका १० वटै स्थानीय तहहरुसंगको समन्वयमा बालविवाह न्युनिकरणका लागि जिल्लाका ४७ हजार घरधुरीहरुमा स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको खतिवडाले जानकारी दिए । “हामीले बालविवाह न्युनिकरणका महत्वपूर्ण फोन नम्वर सहितको स्टिकर सवै घरधुरीहरुमा टास्ने कार्य अगाडी वढाएका छौ आगामी फागुन १० गते भित्र सवै घरहरुमा स्टिकर पुग्छ यसले बालविवाह न्युनिकरणका लागि महत्वपुर्ण भुमिका खेल्ने निश्चित छ।
उसो त बालबिवाह गर्ने र गराउने १५ जनालाई पक्राउ गरी मुद्दा दायर गरिसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बालबिवाह न्युनिकरणका लागि समुदायस्तरमा समेत आफना क्रियाकलापहरु सञ्चालन गरिरहेको प्रहरीको भनाई छ ।
सल्यान जिल्लामा प्रहरीले कुनै पनि हालतमा बालबिवाह न्युनिकरण गर्ने कुरामा अगाडी वढेको छ । समुदायलाई होस या स्थानीय तहका जनप्रतिनिधिहरुलाई बालविबाह न्युनिकरणका लागि बेलाबेलामा सचेतकीकरण गर्दै आएको छ । अझ सल्यान जिल्लामा कार्यरत प्रहरीहरुलाई समेत कुनै पनि बिबाह उत्सवमा सहभागी हुनभन्दा पहिले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउने र अनिमात्रै सहभागी हुने निर्देशन समेत दिएको डिएसपी खतिवडाको भनाई छ ।
मदिरा नियन्त्रणमा समेत कठोर नीति लिएको प्रहरीले सल्यान जिल्लामा कार्यरत कुनै पनि प्रहरीले मदिरा सेवन नगर्ने गरी प्रतिबद्धता गर्न लगाएको छ । प्रहरीको जिम्मेवारी २४ सै घंटा रहने भएकोले जिल्लाका कुनै पनि इकाईमा कार्यरत प्रहरीले मदिरापान सेवन गरेमा जागिरबाट बरखास्त गर्न सक्ने गरी सामुहिक रुपमा औलाछाप सहितको प्रतिबद्धता गरएको छ । “सल्यान जिल्लाका विभिन्न इकाइहरुमा ३ सय ३३ जना प्रहरीहरु कार्यरत छन यहाँ कार्यरत हुनेवेला सम्म मदिरापान सेवन गर्दैन भनेर म लगायत सवैले औलाछाप सहितको प्रतिबद्धता गरेका छौैं यदि कसैले गरेको छ भने भन्नुस हामी वरखास्त सम्मको कारवाही गर्न तयार रहेकाे खतिवडाकाे भनाइ छ ।
सर्वसाधरणलाई फोन गर्दै गुनासो सुन्दै प्रहरी
समुदायसंग साझेदारी गर्न प्रहरीले नयाँ उपाय अपनाएको छ । प्रहरीलाई जिल्लाका सवै घरधुरीहरुमा पुग्ने गरी सबै स्थानीय तहमा स्टिकर टाँस्न लगाएको र त्यहिबेला प्रत्येक घरधुरीमा पुगेर प्रहरीले घरमुलीको नाम र फोन नम्वर अनिवार्य रुपमा ल्याउनका लागि खटाएको छ । सवैघरमुलीको फोन नम्वर उपलव्ध भएपछि जिल्लाका ८३ वटै वडाहरुका कम्तीमा ५ जना घरमुलीहरुलाई फोन सम्पर्क गरेर प्रहरीको गतिविधि तथा अन्य सुचनाहरु संकलन गर्ने प्रहरीको नीति रहेको छ ।
यसले प्रहरीले समुदायमा गरेका विभिन्न क्रियाकलापहरुको वारमो समुदायले नै निगारानी गर्ने र प्रहरीप्रतिको गुनासो सुन्न सहज हुने प्रहरीको वुझाई छ । अहिले जिल्लाका विभिन्न इकाइमा कार्यरत प्रहरीहरु सवै घरधुरीहरुमा पुगेर फोन नम्वर र घरमुलीको नाम संकलन गर्ने अभियानमा जुटेका छन् ।
यस्तै प्रहरीले सडक दुर्घटना कम गर्नका लागि श्रव्यदृश्य सामाग्री तयार पारी रात्रीवसहरुमा हेर्ने र सुन्ने व्यवस्था गर्न लागेको छ । कपुरकोट देखि लुहाम सम्मको क्षेत्रमा यात्रुहरुलाई सजग वनाउने गरी श्रव्य दृश्य सामाग्री प्रसारण गर्ने गरी व्यवस्था गरेको प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिए ।
यस्तै प्रहरीले यात्रुसंग २ मिनेट कार्यक्रम सञ्चालन गरेर बसभित्रै यात्रुहरुको गुनासो सुन्नका लागि अभियान सञ्चालन गर्न लागेको उनकाे भनाई छ ।यसका अतिरिक्त प्रहरीले लागु औषध कारोवारमा ९ जना, जुवातासमा १६ जना जवरजस्ती करणीका २ जना सवारी ज्यान मद्दाका ५ जनालाई पक्राउ गरी कानुनी कारवाही अगाडी वढाएको छ । यस्तै विभिन्न मुद्दामा फरार भएका १२ जनालाई पक्राउ गरी कारवाही अगाडी वढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्षमण ओलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]