११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ०३, २०८३

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम

पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ।

कस्ता बिरामीले प्रयोग नगर्ने?: मुटुरोगी, उच्च रक्तचाप (ब्लड प्रेसर), सुगर (चिनी रोग), र एचआईभीको औषधि ‘रिटोनविर’ खाइरहेका व्यक्तिहरूले भियाग्राको प्रयोग बिल्कुलै गर्नु हुँदैन। मिर्गौला रोगीहरूले पनि डाक्टरको कडा निगरानीमा मात्र यो लिनुपर्छ।

देखिन सक्ने गम्भीर समस्याहरू: भियाग्राको अत्यधिक र अनियन्त्रित प्रयोगले जीवनभरका लागि अन्धोपना हुन सक्छ। यसका साथै लामो समयसम्म इरेक्सन भइरहने, टाउको दुख्ने, चक्कर लाग्ने, श्वासप्रश्वासमा समस्या हुने र आँखाको दृष्टि कमजोर हुने जस्ता डरलाग्दा लक्षणहरू देखा पर्न सक्छन्।

यो औषधी केवल नपुंसकताको समस्या भएका पुरुषहरूका लागि मात्र भएकाले डाक्टरको अनिवार्य सल्लाह र परीक्षण बिना यसको सेवन नगर्न चिकित्सकहरूले चेतावनी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्साबाट पक्राउ परेका चोरीका आरोपी रुकुम जिल्ला प्रहरीमा ल्याइयो, रुकुम पश्चिम । कात्तिक ४ गते दिउँसो ३ बजेतिर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१० का घमण्डबहादुर बुढाको घरको कोठाबाट ५ लाख १५ हजार रुपैयाँ नगद र ८ आनाको सुनको तिलहरी चोरी भएको घटनाका आरोपीलाई पर्साबाट पक्राउ गरी रुकुम ल्याइएको छ।

*काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेबाट काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन सम्बन्धी यस कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको कार्यक्रम।

  दाङ । दशैंको अवसरमा दाङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको र २ जना सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभएको छ। गम्भीर घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनाबारे […]