काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम
पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ।
कस्ता बिरामीले प्रयोग नगर्ने?: मुटुरोगी, उच्च रक्तचाप (ब्लड प्रेसर), सुगर (चिनी रोग), र एचआईभीको औषधि ‘रिटोनविर’ खाइरहेका व्यक्तिहरूले भियाग्राको प्रयोग बिल्कुलै गर्नु हुँदैन। मिर्गौला रोगीहरूले पनि डाक्टरको कडा निगरानीमा मात्र यो लिनुपर्छ।
देखिन सक्ने गम्भीर समस्याहरू: भियाग्राको अत्यधिक र अनियन्त्रित प्रयोगले जीवनभरका लागि अन्धोपना हुन सक्छ। यसका साथै लामो समयसम्म इरेक्सन भइरहने, टाउको दुख्ने, चक्कर लाग्ने, श्वासप्रश्वासमा समस्या हुने र आँखाको दृष्टि कमजोर हुने जस्ता डरलाग्दा लक्षणहरू देखा पर्न सक्छन्।
यो औषधी केवल नपुंसकताको समस्या भएका पुरुषहरूका लागि मात्र भएकाले डाक्टरको अनिवार्य सल्लाह र परीक्षण बिना यसको सेवन नगर्न चिकित्सकहरूले चेतावनी दिएका छन्।