२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरी बल नेपाल .३० गण बाँकेद्वारा ४५ लाखभन्दा बढीको अवैध सामान बरामद,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ०८, २०८३

बाँके । सशस्त्र प्रहरी बल,नेपाल नं.३० गण हे.क्वा. बागेश्वरी बाँके र मातहत इकाईको टोलीले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको सामान ठूलो मात्रामा समातेको छ।

जम्मा मूल्य रु. ४५,२७,९१* बराबरको अवैध सामान समातिएका सामान लत्ताकपडा, किराना सामान,पेय पदार्थ, मोटरसाइकल,बोइलर कुखुरा, फलफुल, तरकारी अवैध कारोबारमा संलग्न ३ जना नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि नेपालगंज भन्सार कार्यालय, जमुनाह बाँकेमा बुझाइएको छ ।

कारबाही:राजस्व छली रोकियो भन्सार नतिरी ल्याएको सामानले राज्यको कर/राजस्वमा ठूलो घाटा गर्छ बिना जाँच आएको बोइलर कुखुरा, फलफुल, तरकारी, पेय पदार्थले स्वास्थ्यमा जोखिम निम्त्याउँछ अवैध लत्ताकपडा र किराना सामानले नेपाली उत्पादनको बजार बिगार्छ ।

बागेश्वरी गणले जमुनाह नाका वरिपरि गस्ती, शंका लाग्दा चेकजाँच र गोप्य सूचनाको आधारमा यो अपरेसन चलाएको हो। सशस्त्र प्रहरीले अब तस्करी नियन्त्रणलाई अझ कडा बनाउने सशस्त्र प्रहरी बल ३० गण बागेश्वरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]