२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ०९, २०८३

लुम्बिनी प्रदेश प्रहरीद्वारा रु २ लाख भन्दा
बढीका अवैध मोबाइल बरामद,

लुम्बिनी प्रदेश प्रहरीको चोरी-पैठारी नियन्त्रण अभियानमा ठूलो सफलता। बर्दियाको बढैयाताल गाउँपालिका-२, फुटाहा क्षेत्रमा भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेका मोबाइल सेट प्रहरीले समातेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीउर दाङले जानकारी दिएको छ ।

बरामद समानहरु
– *LAVA A3 Torch मोबाइल*: ५४० थान
– *LAVA A7 Torch मोबाइल*: ४३२ थान
– *जम्मा*: ९७२ थान
– *अनुमानित मूल्य*: रु. २,६७,०२८/-

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीलाई देख्नासाथ सामान ओसार्ने व्यक्ति सामान छाडेर फरार भए। अहिले फरार व्यक्तिको खोजी र घटनाको थप अनुसन्धान भइरहेको छ।

राजस्व छली यस्ता मोबाइल भन्सार नतिरी भित्र्याउँदा सरकारले लाखौं कर गुमाउँछ सामान सस्तोमा आएपछि बिलबिजकसहित ल्याउने वैध व्यापारीलाई घाटा हुन्छ
सुरक्षा जोखिम दर्ता नभएका फोन IMEI ट्रयाक हुँदैन, चोरी/अपराधमा दुरुपयोग हुने जोखिम छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]