१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

लुम्बिनी प्रदेश प्रहरीद्वारा रु २ लाख भन्दा बढीका अवैध मोबाइल बरामद,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ ०९, २०८३

बर्दिया । लुम्बिनी प्रदेश प्रहरीको चोरी-पैठारी नियन्त्रण अभियानमा ठूलो सफलता। बर्दियाको बढैयाताल गाउँपालिका-२, फुटाहा क्षेत्रमा भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेका मोबाइल सेट प्रहरीले समातेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीउर दाङले जानकारी दिएको छ ।

बरामद समानहरु
– *LAVA A3 Torch मोबाइल*: ५४० थान
– *LAVA A7 Torch मोबाइल*: ४३२ थान
– *जम्मा*: ९७२ थान
– *अनुमानित मूल्य*: रु. २,६७,०२८/-

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीलाई देख्नासाथ सामान ओसार्ने व्यक्ति सामान छाडेर फरार भए। अहिले फरार व्यक्तिको खोजी र घटनाको थप अनुसन्धान भइरहेको छ।

राजस्व छली यस्ता मोबाइल भन्सार नतिरी भित्र्याउँदा सरकारले लाखौं कर गुमाउँछ बजार बिथोलिन्छ अवैध सामान सस्तोमा आएपछि बिलबिजकसहित ल्याउने वैध व्यापारीलाई घाटा हुन्छ
सुरक्षा जोखिम दर्ता नभएका फोन IMEI ट्रयाक हुँदैन, चोरी/अपराधमा दुरुपयोग हुने जोखिम छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । मलको अभाव सरकारले समयमै मल आयात/वितरण गर्न नसक्दा चैते धान, तरकारी लगाउने बेलामा किसानले मल पाउँदैनन्। सहुलियत मल डिलरमार्फत मात्र आउँदा सीमित डिपोमा भीड हुन्छ। कालोबजारीको डरले पनि किसान पहिले लाइन बस्छन्। अनलाइन/सहकारीबाट दर्ता गर्ने भनिए पनि गाउँका धेरै किसानलाई त्यो सिस्टम पुगेको छैन। अन्तमा आएर लाइनमै पर्नुपर्छ। तातोमा, घाममा, पानी नपिई लाइन […]

दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङले जेठ महिनाको कामको प्रगति सार्वजनिक गर्न पत्रकारहरूसँग भेटघाट कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक दिपक श्रेष्ठको उपस्थितिमा प्रगति विवरण कार्यालयका प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.ले जेठ महिनाभर प्रहरीले गरेका कामको मासिक रिपोर्ट प्रस्तुत गर्नुभयो। अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी, चोरी-पैठारी […]

दाङ । शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले मेचीदेखि महाकालीसम्मको नेपाल साइकल यात्रा पूरा गरी गृहनगर फर्किएका युवा साइकल यात्री बर्सात क्षेत्रीलाई मङ्गलबार घोराहीमा विशेष सम्मान गरिएको छ। घोराही बनाऔँ अभियानको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन […]

error: Content is protected !!