११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

लुम्बिनी प्रदेश प्रहरीद्वारा रु २ लाख भन्दा बढीका अवैध मोबाइल बरामद,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ ०९, २०८३

बर्दिया । लुम्बिनी प्रदेश प्रहरीको चोरी-पैठारी नियन्त्रण अभियानमा ठूलो सफलता। बर्दियाको बढैयाताल गाउँपालिका-२, फुटाहा क्षेत्रमा भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेका मोबाइल सेट प्रहरीले समातेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीउर दाङले जानकारी दिएको छ ।

बरामद समानहरु
– *LAVA A3 Torch मोबाइल*: ५४० थान
– *LAVA A7 Torch मोबाइल*: ४३२ थान
– *जम्मा*: ९७२ थान
– *अनुमानित मूल्य*: रु. २,६७,०२८/-

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीलाई देख्नासाथ सामान ओसार्ने व्यक्ति सामान छाडेर फरार भए। अहिले फरार व्यक्तिको खोजी र घटनाको थप अनुसन्धान भइरहेको छ।

राजस्व छली यस्ता मोबाइल भन्सार नतिरी भित्र्याउँदा सरकारले लाखौं कर गुमाउँछ बजार बिथोलिन्छ अवैध सामान सस्तोमा आएपछि बिलबिजकसहित ल्याउने वैध व्यापारीलाई घाटा हुन्छ
सुरक्षा जोखिम दर्ता नभएका फोन IMEI ट्रयाक हुँदैन, चोरी/अपराधमा दुरुपयोग हुने जोखिम छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका–४ सुन्दरपुरबाट प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको चिरान काठ सहित पाँचवटा मोटरसाइकल बरामद गरेको छ । काठ चोरी तस्करी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो १:३० बजेको समयमा उक्त काठ र मोटरसाइकल बरामद गरेको हो । प्रहरीका अनुसार देविकोट तर्फबाट सुन्दरपुर आउँदै गरेका पाँच वटा […]

पर्साबाट पक्राउ परेका चोरीका आरोपी रुकुम जिल्ला प्रहरीमा ल्याइयो, रुकुम पश्चिम । कात्तिक ४ गते दिउँसो ३ बजेतिर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१० का घमण्डबहादुर बुढाको घरको कोठाबाट ५ लाख १५ हजार रुपैयाँ नगद र ८ आनाको सुनको तिलहरी चोरी भएको घटनाका आरोपीलाई पर्साबाट पक्राउ गरी रुकुम ल्याइएको छ।

*काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेबाट काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन सम्बन्धी यस कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको कार्यक्रम।