०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

नेपाल प्रहरीमा ठाकुर ज्ञवाली आईजीपीमा नियुक्त

Logo
प्रकाशित मंगलबार, माघ २८, २०७६

माघ २८, काठमाडौं । आज बिहान बसेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार नेपाल प्रहरीको २७ औं आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । निवर्तमान आईजीपी सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधिका कारण आज घर फर्कनु भन्दा केही घण्टा अगाडि मात्र नेपाल प्रहरीले २७ औं आईजीपीमा ज्ञावलीलाई पाएको हो ।
आज साँझ नै वर्तमान आईजीपी खनाल लगायत ३ एआईजी र १८ डीआईजीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना हुने विशेष कार्यक्रमबाट बिदाइ गरिने भएको छ ।
प्रतिस्पर्धीहरुबीच नेतृत्वमा पुग्न अस्वस्थ प्रतिस्पर्धा नभएपछि हाल १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवाली निर्विकल्प आईजीपी बनेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]